विराटनगरका रविन भुजेलको नृत्यले रानी यसरी तातियो (फोटो फिचर)

<span class='c1'>विराटनगरका रविन भुजेलको नृत्यले रानी</span> <span class='c2'>यसरी तातियो (फोटो फिचर)</span>

प्रेम देवान ।
विराटनगर, १४ साउन । “बुगी वुगी” रियालीटी शोका उत्कृष्ट चारका रविन भुजेलले आफ्नो जन्म स्थान विराटनगरमा आएर प्रस्तुति दिएका छन् । रानी मिल्स युवा समुहले आयोजना गरेको कार्यक्रममा रविन भुजेलको भब्य स्वागत तथा सम्मान तथा सांगितीक कार्यक्रमको आयोजना गरिएको हो । गत शनिबार आफ्नो गृह विराटनगर आईपुगेका रविन भुजेलले विराटनगर रानीमा आयोजित कार्यक्रममा रविनले नृत्यसंगै आफ्नो कमेडी एक्टिङ पनि प्रस्तुत गरे ।
रविनले नेपाली बाबु फिल्मको गीत कालो टोपी भात्गाउले मेरो शिरैमा टल्केको बोलको गीतमा नाच्दा दर्शकहरु वाहवाही पाएका थिए । उनले नाचेको गीतमा अधिकांश फ्यानहरुले वान्स मोर –वान्स मोरको माग गरेका थिए ।
विराटनगर १६ गौतम बुद्ध स्कुल नजिकै आयोजना भएको कार्यक्रममा विराटनगरको दक्षिणी क्षेत्रका साथै उत्तरी क्षेत्रका युवाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सुरुवातीमै रविन भुजेलले नृत्य सिकाएका भाई–बहिनीहरुले प्रस्तुती दिएका थिए । स्थानिय व्याण्ड स्मृति, संस्कृति, ईन्ड्लेस, वरिष्ठ गायक रामा मण्डल, सुरज बानिया र विकास कार्कीले गीत गएर मनोरञ्जन दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी रेडियो नेपालका बरिष्ठ गायका रामा मण्डलले आफ्ना दुईवटा गीत गाएर सुनाएका थिए । त्यसैगरी ईलाका प्रहरी कार्यलय रानीका ईन्सपेक्टर सन्तोष निरौलाले पनि मिल्स एरिया कला क्षेत्रमा निकै आगाडी रहेको बताए । खुसी ब्यक्त गर्दै प्रस्तुती दिएका रबिनले आफ्नो आगामी यात्रा निक्कै नै रमाईलो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्