आज साउन १५ : खीर खाने दिन , यसरी आयो यस्तो चलन !

आज साउन १५ : खीर खाने दिन , यसरी आयो यस्तो चलन !

काठमाडौँ, साउन १५ गते । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै आएको छ ।

असारमा सकिएको रोपाइँ साउनमा गोडमेल गर्ने गरिन्छ । यसै सन्दर्भमा नरिबल, काज,ु दाख, मरिचसहित तयार भएको खीर खाएर शरीरलाई ऊर्जामय बनाउने गरिन्छ । वैद्यराज सुवर्ण वैद्यका अनुसार खीर भोजनले शरीरमा ऊर्जाका साथै यो मौसममा कफ, पित्त र वायुको अवस्था ठीक राख्न मद्दत गर्छ ।
धदिङ छत्रेदेउरालीका युवनाथ धितालका अनुसार रोपो गोड्ने भन्दै साउन १५ मा खीर खाने चलनलाई देउराली क्षेत्रमा उल्लासका साथ मनाउने गरिन्छ । असार १५ का रोपाहार र पर्ममा आएकालाई खीर खुवाउनुपर्छ भनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्