बेलबारीका खेलाडी हेमन्त सुवेदी जापान प्रस्थान

बेलबारीका खेलाडी हेमन्त सुवेदी जापान प्रस्थान

बेलबारी साउन १५ । सितेरियो कराते संघ मोरङका उपाध्यक्ष हेमन्त सुवेदी (श्याम) जापानमा आयोजना हुन लागेको कराते गेम (ईन्टरनेशनल टुर्नामेण्ट २०१८ ) मा सहभागी हुन नेपालका तर्फबाट मंगलबार दिउँसो ४ बजे त्यसतर्फ प्रस्थान गर्दैछन ।

१५ दिनको गेम तथा सेमिनार मा भाग लिएर उनी नेपाल फर्किनेछन । निक्कै लामो प्रयासपछि जापानमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त भएको र यो आफनो लागी निक्कै ठुलो उपलब्धि भएको उनले बताएका छन ।

जापानमा गएर प्रतियोगिता र सेमिनारमा सहभागी मात्र हुनुभन्दा पनि त्याँहाको खेल क्षेत्र र सकरात्मक कुराहरुलाई सिक्न र यहाँ प्रयोग गर्न समेत महत्वपुर्ण सावित हुने उनले बताएका छन । जापानमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने बेलबारीका खेलाडीमध्ये उनी पहिलो समेत हुन । खेलकुदका अलावा उनी सामाजिक क्रियाकलापमा समेत अगाडी छन । उनी हरेक बर्ष आफनो जन्मदिनमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क पुस्तक,पोशाक,फलफुल लगायतका सामाग्री बितरण समेत गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्