नेपाली कांग्रेसकाे विराटनगरमा बृहद बिरोध सभा , महङ्गी र कर वृद्धि मुख्य मृद्दा

<span class='c1'>नेपाली कांग्रेसकाे विराटनगरमा बृहद बिरोध सभा ,</span> <span class='c2'>महङ्गी र कर वृद्धि मुख्य मृद्दा</span>

विराटनगर, १५ साउन ।
नेपाली कांग्रेसले विराटनगरमा बृहद बिरोध सभा गरेको छ । बिराटनगरको बिरेन्द्र सभागृहबाट निकालेको र्याली बिराटनगरको महेन्द चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । लामो समयसम्म नेपाली जनताले दुःख पाएको छ तर लोकतन्त्र पछि देश संघीयतामा जाँदा पनि जनताले सास्ती बाहेक केही पाउन नसकेको सभामा बोल्ने कांग्रेस नेताहरुले आरोप लगाए । अहिले पनि नेपाली जनतालाई दुख दिने प्रपपञ्च रचिएको उनीहरुको आरोप छ ।
महङ्गी र कर वृद्धिको विरोधमा नेपाली काँग्रेसले प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा बृहत् प्रदर्शनसहित विरोध सभा आयोजना गरेको हो । मोरङका विभिन्न गाउँबाट विराटनगमा भेला भएका काँग्रेस कार्यकर्ता तथा सर्वसाधारणले सरकारका विरोधमा नारा लगाउँदै विराटनगर बजार परिक्रमा गरेका थिए । विभिन्न ठाउँबाट वीरेन्द्र सभागृह र सहिद रंगशाला क्षेत्रमा भेला भएका काँग्रेस कार्यकर्ताको र्याली गोल्छामोड मेनरोड र ट्राफिक चौक हुँदै महेन्द्र चौकमा पुगेर सभामा परिणत भयो । सरकारले वृद्धि गरेको करको विरोधमा नारावाजी गर्दै अघि बढेको जुलुसमा महिलाको उल्लेख्य सहभागीता थियो ।
विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले सरकारको चरित्र र व्यवहार अधिनायकवाद उन्मुख भएको आरोप लगाए । रिजालले भने,‘दुई तिहाईंको दम्भ देखाउँदै नेकपा सरकारले जनहित विरोधी कामलाई प्रश्रय दिई रहेको छ ।’ केन्द्रीय सदस्य अमृत अर्याल, केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाल महिलाको विषयमा जथाभावी अभिव्यक्ति दिएर मानमर्दन गर्ने मन्त्रीले राजीनामा दिएपनि त्यसमा संलग्न अन्य व्यक्तिलाई पनि कार्वाही हुनुपर्ने माग राखे ।
नेता अशोक कोइरालाले कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रदेश सभाका सदस्य केदार कार्कीले कम्युनिष्ट सरकारबाट जनताले धेरै राम्रा चिजको अपेक्षा गर्न नसक्ने बताए । कार्यक्रममा काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, तरुण दलका जिल्ला अध्यक्ष सञ्जय थापाले युवाहरु सरकारको दमनविरुद्ध आन्दोलित हुन तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्