विराटनगरका सडकमा ज्यानमारा विजुलीका पोल र तार, सँधैकाे दुर्घटना (स्थलगत रिपोर्ट)

<span class='c1'>विराटनगरका सडकमा ज्यानमारा विजुलीका पोल र</span> <span class='c2'>तार, सँधैकाे दुर्घटना (स्थलगत रिपोर्ट)</span>

प्रेम देवान/ओवि
विराटनगर, १६ साउन । कल्पना भुजेल गत शनिबार विराटनगर १० मा रहेको मास्के किराना पसलमा घरायसी समान किन्न पुगिन् । सामान किनेर फर्कदैँ गर्दा उनी एउटा लावासिर अबस्थाको कालोतारमा अल्झेर लड्न पुगिन् । उनी हत्त न पत्तदअरुले देख्लान् की भन्ने लागेर के ..के भन्दै गाली गर्दै अघि बढिन् ।
६५ बर्षिया चन्दा दाहाल विहानै पुजाकोलागि फुल टिप्न निस्किएकी थिईन्, घरै अगाडी लडाएर राखेको विजुलीको पोलमा लडिन् । अघिल्लो दिनसाँझसम्म पनि केही नभएका सडकका छेउका बिजुली तथा लत्रिएका तारका कारण सर्बसाधारणले निक्कै सास्ती पाउँदै आएका छन् । यी प्रतिनिधि मुलक घटनाले बिराटनगरको अबस्था कस्तो छ भन्ने झल्काएको छ । 
अर्को दिन हामी त्यही बाटो हिड्दै गर्दा बाटोमा अर्को दृश्य देख्यौँ । आकाशे कलरको टिसर्टमा कोवास कलेज लेखिएको एक विद्यार्थी सडक पेटीमा छाडिएको तारमा अल्झेर पछारिए । कलेजको पाेशाक नै सबै हिलाम्मे हुन पुग्यो । व्याग एकातिर मान्छे एर्कोतिर । हामीले हत्तपत्त मोवाईलले फोटो खिच्न लाग्दा दाई प्लिज फोटो चाही नखिच्नुस् है भन्दै थिए । हामीले उनको आग्रहलाई स्विकार गर्यौ । अनि हामीले नाम त भनन् भन्दा पनि उनले नाई दाई अहिले छाडिदिनुस् भने ।
रिर्पोरिटङ गर्ने म आफै पनि यही बाटो आउजाउ गर्नुपर्ने भएकाले १५ दिन देखि विराटनगर १० पिपल चोकका सडकहरुमा वेवारिसे तारहरुको बारेमा दिनको दिन सुचना प्रवाह भईरहेको छ । उक्त सडकमा दैनिक सयौँको संख्यामा सवारी साधन गुड्छन् । त्यति कै मात्रामा आम सर्वसधारण पनि हिड्नै पर्ने बाध्यता छ । सडकमा पानी जमेका छन् । त्यही पानीमा विजुलीका तारहरु डुविरहेको छ । आखिर किन यसरी लापरवाही ? यसरी गैर जिम्मेबारी काम किन भएको हो ? गरिरहेको ठेकेदार कम्पनीको कमजोरी या अरु कसले यसरी असुरक्षित काम गर्दै होला यी प्रश्न सबैसामु छरिएर आएको छ ।
हुनत अहिले विराटनगरका हरेक गल्ली र सडक हिँडीसक्नु छैन तर पनि आम जनतालाई आ–आफ्नो दैनिकी चलाउनु त छँदैछ । विराटनगरका भित्री सडक खनेर लथालिङ्ग पारेर छाडिएको छ । नालाको त कुरै नगरौं बाटोमा हिड्दा हिड्दै कति खेर कुन खाल्डोमा परिने हो भन्ने त्राही छ । केही दिन अगाडी मात्र दुई स्कुलले बालक साईकलमा हिँडिरहँदा चिप्लिएर नालामा पछारिन पुगे । धन्न पछाडीबाट आउदै गरेको साथीले साहारा दिएर निस्कन सफल भए ।
यस्ता वेथिती समेटिएका कथाबस्तुहरु विराटनगरमा यतिबेला हरेक दिन भेटिन्छन् । विकास गर्नु राम्रो कुरो हो.. तर विकासको नाममा लावारिस तरिकाले गर्नु त भएन नी हैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्