विराटनगरमा दुईदिन देखि हेलिकोप्टर किन घुम्यो यस्तो छ, कारण

<span class='c1'>विराटनगरमा दुईदिन देखि हेलिकोप्टर किन</span> <span class='c2'>घुम्यो यस्तो छ, कारण</span>

विराटनगर, १६ साउन ।
मंगलवार बिहानै देखि विराटनगरको आकाशमा हेलिकोप्टर घुमि रहँदा नेपाली कांग्रेसको कार्यक्रमलाई लक्षित गरी नेपाल सरकारले सुरक्षा ब्यवस्था कडा बनायो भन्नेहरु पनि भेटिए । कतिपयले प्रकोपको विश्लेषण गरेको पनि हुनसक्ने आशंका गरे । मंगलवार नेपाली कांग्रेसले विराटनगरमा कार्यक्रम गरेको कारणले गर्दा कार्यक्रम लक्षित गरेर हेलिकोप्टर उडेको आशंका गरिएको भएपनि बुधवार पनि बिहानै देखि विराटनगरको आकाशमा हेलिकोप्टर उडि रहेको थियो । तर कारण के हो त सबै अन्यौल मै थिए । यसको बारेमा कसैले पनि पत्तो लगाउन सकेनन् । हरेक १ घण्टा २ घण्टाको बिचमा आकाशमा उडेको हेलिकोप्टरले धेरैलाई अन्यौलमा पार्यो । यस बारेमा आम नागरिकले चासो दिन थालेपछि मोरङका निमित प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई यस बारेमा सोध्दा उनले आधिकारिक जानकारी नआएको बताए । तर अनौपचारिक जानकारी अनुसार नेपाली शेनाको जंगी अड्डाको आन्तरिक कार्यक्रम अनुसारको अनुगमन र निगरानी भएको उनले जानकारी । प्रधान–शेनापति राजेन्द्र क्षेत्रीको आगामी भदौ २४ गते कार्यकाल सकिने भएपछि सबै माताहतको कार्यालय निरिक्षणको क्रममा हेलिकोप्टर घुमेको हुनसक्ने सुरक्षा अधिकारीको पनि अनुमान छ । यस बारेमा नेपाल प्रहरी भने अनभिज्ञ देखिएको छ । हिजोसाँझसम्म प्रधानशेनापति पुर्बमै रहेको विराटनगर आसपासमा रहेको कारणले गर्दा शेनाको मुभमेन्ट बढेको भएपनि आजको बिषयमा जानकारी नै नभएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनले हिजोको हेलिकोप्टर मुभमेन्टको बारेमा जानकारीमा आएको भएपनि आजको बारेमा जानकारी नभएकोले त्यस बारेमा बुझेर मात्र बताउन सक्ने प्रतिक्रिया दिए ।  

यही हाे त कारण ?
बलाधिकृत पुर्णचन्द्र थापालाई कायम–मुकायम प्रधानशेनापतिमा सिफारिस गर्ने निर्णय मन्त्री परिषदको बैठकले गरेपछि प्रधानशेनापति क्षेत्री साउन २४ गते देखिनै अबकास बिदामा बस्नेछन । बलाधिकृत थापालाई कायममुकायम प्रधानसेनापति तोक्न मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति क्षेत्रीलेनै भावी प्रधानसेनापतिका रुपमा बलाधिकृत थापा लाई अघि बढाएका हुन । शेनाका दुई रथी मध्ये थापा सिनियर हुन । कायममुकायम प्रधानशेनापतिका लागि सिफारिस हुनेभएपछि २ बर्षका लागि शान्ति मिसनको फोर्स कमाण्डरका रुपमा गएका थापा लाई एक वर्षमै फिर्ता बोलाइएको थियो । प्रधानशेनापति राजेन्द्र क्षेत्रीले अवकाश विदा लिन भन्दा पहिला नै सबै युनिटहरुको अबलोकन गरेको बुझिएको छ । मोरङमा रहेको थलाहा ब्यारेक सँगै, याङ्शिला लगायतका युनिटको निरिक्षण भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्