नेपालको पहिलो दिवसीय : यी हुन् नेपाली खेलाडीले बनाएका कीर्तिमानहरु ,

नेपालको पहिलो दिवसीय : यी हुन् नेपाली खेलाडीले बनाएका कीर्तिमानहरु ,

नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने विश्वको २३ राष्ट्र भएको छ। बुधबार नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा औपचारिक डेब्यु गरेसँगै स्थापनाको ६ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले नयाँ युगको शुरुवात गरेको छ।

बुधवार नेदरल्याण्ड्समै भएको खेलमा नेपाल घरेलु टिमसँग ५५ रनले पराजित भएपछि नेपालका लागि पहिलो ओडिआई ऐतिहासिक र निराशाजनक रह्यो।

बलिङ राम्रो भए पनि ब्याटिङमा टप अर्डर चल्न नसक्दा नेपाल जितबाट ओडिआई यात्रा सुरू गर्ने पुरा भएन। १९० रनको लक्ष्य समेत पुरा गर्न नसक्दै १३४ रनमा अलआउट हुनु नेपालको लागि सबैभन्दा ठूलो दूर्भाग्य हो।

खेलमा पराजित भएपनि नेपाल र नेपाली क्रिकेट खेलाडीको लागि भने यो ऐतिहासिक खेल रह्यो।

नेपालको ओडिआई डेब्यू तथ्याङ्कमा

टिम रेकर्ड- बलिङ- ४७.४ ओभरमा अलआउट

पारस खड्का-१०-०-२६-४, सोमपाल कामी-८.४-१-३४-३, सन्दिप लामिछाने-१०-०-४२-१, बसन्त रेग्मी-८-०-२८-१, करण केसी-७-१-३८-१, शक्ति गौचन-४-०-१५-०

ब्याटिङ-४१.५ अलआउट

ज्ञानेन्द्र मल्ल-५१(६१), दीपेन्द्र सिंह ऐरी- ३३ (४८), अनिल कुमार साह २१ (३२), पारस खड्का -१२(२१) शक्ति गौचन- ९(४४), सरद भेसवाकर-४ (१५), सन्दिप लामिछाने- १(६), आरिफ शेख, बसन्त रेग्मी, सोमपाल कामी र करन केसी- ०।

यस्तो छ नेपाली खेलाडीको रेकर्ड

सोमपाल कामी:

वान डे अन्तर्राष्ट्रियमा पहिलो बल फाल्ने खेलाडी

वान डे अन्तर्राष्ट्रियमा पहिलो विकेट लिने खेलाडी। वान डे अन्तर्राष्ट्रियमा नेपालको लागि पहिलो रन खर्चिने खेलाडी।

वान डे अन्तर्राष्ट्रियमा पहिलो छक्का दिने खेलाडी।

वान डे अन्तर्राष्ट्रियमा पहिलो वाइड दिने खेलाडी वान डे अन्तर्राष्ट्रियमा पहिलो डट बल फाल्ने खेलाडी।

पारस खड्का :

वान डे अन्तर्राष्ट्रियमा सर्वाधिक ४ विकेट लिने खेलाडी।

वान डे अन्तर्राष्ट्रियमा एकै ओभरमा २ विकेट लिने पहिलो खेलाडी

आरिफ शेख :

वान डे अन्तर्राष्ट्रियमा पहिलो क्याच लिने खेलाडी।

सन्दीप लामिछाने :

वान डे अन्तर्राष्ट्रियमा बलिङ गर्ने पहिलो नेपाली स्पीनर

वान डे अन्तर्राष्ट्रियमा विकेट लिने पहिलो स्पीनर।

ज्ञानेन्द्र मल्ल :

वान डे अन्तर्राष्ट्रियमा पहिलो रन लिने खेलाडी

वान डे अन्तर्राष्ट्रियमा पहिलो चौका प्रहार गर्ने खेलाडी

वान डे अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी।

दीपेन्द्र सिंह ऐरी :

वान डे अन्तर्राष्ट्रियमा छक्का प्रहार गर्ने पहिलो खेलाडी।

वान डे अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी

अनिल शाह :

वान डे अन्तर्राष्ट्रियमा पहिलो आउट हुने नेपाली खेलाडी।

चार खेलाडी शुन्यमा आउट :

पहिलो वान डे अन्तर्राष्ट्रियमा चार नेपाली खेलाडी खाता नखोली आउट भए।

मध्यक्रममा खेल्ने आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी र करण केसी कुनै रन नजोडी आउट भएका थिए।

नेपालको पहिलो ओडिआईमा डेब्यु गरेका ११ मध्ये ४ खेलाडीले मात्र दोहोरो अंक स्कोर गर्दा ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

शरद भेषावकर :

नेपाली टोलीको मध्यक्रमममा ब्याटिङ गर्ने र फिनिसर शरद घाइते भएपछि उनले आफ्नो पोजिसनमा ब्याटिङ गर्न पाएनन्।

११औं अर्थात अन्तिम नम्बरमा औपचारिकताका लागि ब्याटिङ गरेका उनले १५ बल खेल्दै ४ रन बनाए।

शक्ति गौचन :

पहिलो वान डेमा नेरदल्याण्ड्स विरुद्ध नटआउट रहने एकमात्र खेलाडी।

४४ नम्बरको जर्सी लगाउने शक्तिले पहिलो ओडिआईमा ४४ बल नै खेले।

(सेतोपाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्