विराटनगरका एक बालकको कथा : साङ्लोमा बाधिएको ७ वर्ष , सबै काम सांङ्लो मै

विराटनगरका एक बालकको कथा : साङ्लोमा बाधिएको ७ वर्ष , सबै काम सांङ्लो मै

विराटनगर १७ साउन । बौद्धिक अपाङगता भएका विराटनगरका ९ बर्षीय वालक विगत सात बर्षदेखि डोरीले बाधिएर चिसाे भुँइमा बस्न बाध्य भएका छन । विराटनगर ५ का अर्जुन कालाखेतीलाई अभिभावकले  विगत सात बर्षदेखि डोरीले बाधेर राख्ने गरेका हुन ।  अरुको घरमा गएर काम गरेर जिविका चलाउनुपर्ने बाध्यतामा रहेको र अाँफु बाहिर बेला फोहोर खाने तथा बाहिर निस्कीएर भुइमा लड्ने हुनाले बाधेर राख्ने गरेको आमा कमलाले बताइन । खाटको काठमा उनलाई बाधेर  राख्ने गरीएको छ । दिनभर चिसो भुइमै लडीबुडी गर्दै बस्ने अर्जुन दिसा र पिसाव पनि त्यही हुन्छ । ढोकामा ताला लगाएर काममा गएर फर्किपछि अर्जुन  दिसा खाइरहेका हुने गरेको अामा कमला को भनाई छ ।   राती भने त्यही काठमा ओछ्यान लगाएर सुताउने गरिएको छ । दिसापिसाव एकै ठाउ हुने गरेका कारण ओछ्यानमा सुताउन नसकीने उनको भनाई छ ।अर्जुनले  दिसा  गरिसकेपछि खान थाल्ने हुदा सबैभन्दा बढी समस्या भएको चिन्तित हुँदै उनले सुनाइन ।

काम नगरे घरमा खाने चामल समेत जुटाउन सक्ने अबस्था नभएको बेला छोराको स्याहार गरेर बस्ने समय नहुदा बाधेर हिड्नु अाफ्नाे बाध्यता भएको कमलाले बताइन।  अर्जुनका ७ बर्षीय भाई पनि छन ।

एक महिना अघि श्रीमानकाे मृत्यु, परिवार झन् पिडामा

दिनभर काम गरेर जसोतसो ४ जनाको परिवारको  हातमुख जाडदै आएका उनिहरुको परिवारमा  श्रीमान राजेन्द्रको एक महिना अगाडी क्यान्सरबाट मृत्यु भएपछि विजोक भएको छ । घरमा न त खाने चामल छ नत पकाउने ग्यास नै । छिमेकीले दिएको खानाले दुई दिन देखि छोराहरुको पेट भर्दै आएकी कमलाले भनिन —‘ श्रीमान पनि वित्नु भयो,  म संग न त काम छ नत छोराहरुलाई खुवाउने सामान ।’

अपागंता परिचयपत्रले केहि राहत, तर सकिएकाे छैन सहयाेगकाे अाशा

अर्काको घरमा भाडामा बस्दै आएका उनिहरुलाई अर्जुनको अपाङगता परिचय पत्र बनाएर आएको भत्ताले केही राहत हुने गरेको छ । छोराको अबस्थाले आफु काममा जान पनि नपाउने, काममा गए छोराको विजोक भएपछि कमलाले कुनै संघसस्थाले छोरा लगेर संरक्षण गरिदिए हुने आशा राखेको बताइन । आर्थिक अबस्था कमजोर भएर कान्छो छोरा पनि विद्यालय पठाउने छोडेकाे उनको भनाई छ ।

उनीहरूकाे अवस्था देखेर मनकारीहरुसँग सहयोग जुटाउन शुरु गरेको स्थानीय प्रभा कोइरालाले बताइन । उनीहरूकाे सहयाेगमा बालअधिकारको क्षेत्रमा काम गर्ने  सिविन विराटनगरका बासु अधिकारीले समेत सहयागको पहल गर्ने बताएका छन् ।

श्रीमानकाे मृत्यु, छाेराकाे अपांगता र अाफ्नाे अार्थिक अवस्थाका कारण अाफ्नाे परिवार पिडामा भएकाे र सहयाेगीकाे अाशामा रहेकाे कमलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्