विराटनगरमा हामी यस्तो बाटो प्रयोग गर्दैछौ.. बर्खे मौसममा धमाधम नाला बनाउदै

विराटनगरमा हामी यस्तो बाटो प्रयोग गर्दैछौ.. बर्खे मौसममा धमाधम नाला बनाउदै

प्रेम देवान
विराटनगर १७ साउन । हामी सबैलाई थाहा छ यति बेला बर्खे मौसम सुरु भईसकेको छ । बर्खामासमा झरी पर्छ त्यो पनि हामी सबैलाई छ । तर पनि यो बर्खे मौसममा नगर भित्र बाटो अनि नाला बनाउने कार्य पनि धमाधम नै भईरहेको छ । माैसम अनुकुल हुँदा बेवास्ता गरेर बर्खा मौसम अनि मान्छे डुम्ने सरी जलमग्न भएको खाल्डोमा बनाएका नालाहरु कतिदिन टिक्ला ?  आँफै कल्पना गर्नुहोस । विराटनगरका हरेक गल्ली – गल्लीमा नाला बनाउने काम भईरहेको छ । माछा मार्ने पोखरी जस्ता जमेका पानीमा नाला निर्माण बनाउने काम भईरहेको छ । विराटनगर १० बंङलामुखी मार्ग दक्षिण पिपलचोक जाने बाटोमा अहिले पनि बर्खे झरीमा नाला बनाउने काम भईरहेको छ ।
आशिष कन्ट्रक्शनले जिम्मा लिएको नाला र सडक बनाउने काम भईरहेको छ । नालामा पानी जमेको छ । मटरबाट नालाको पानी फालेर नाला बनाउने काम भईरहेको छ । सवारी साधन कुद्ने र सर्वसाधरण हिड्ने बाटोमा फलामका रडहरु त्यति कै फालिएका छन् । राखिएका रड ठूला सवारी गाडीका चक्काले कुल्चेर सबै बङगाएका छन् ।
उत्त बाटोमा सबैभन्दा बढी पिडा स्कुले बाल बालबालिका र कलेज हिड्ने विद्यार्थीहरुलाई परेको छ । घरबाट जुत्तामा पोलिस गरेर कलेज जानैपर्छ अनि कलेज नपुग्दै नपुग्दै जुत्ता हिलाम्मे हुने गरेको लर्डबुद्ध कलेजकी प्रेमा राईले बताईन् ।
स्कुल र कलेज जांदा विद्यार्थीहले अनिवार्य जुत्ता लगाउनु पर्ने नियम छ । तर विराटनगरका हिलाम्मे बाटो हिड्दा जुत्ता हिलोमा डुवेर काम नै नलाग्ने हुन्छ कोशी विद्या मन्दिर स्कुलमा अध्ययनरत एक छात्राले बताईन् । हतार र बर्खे मौसममा बनाईएका नालाहरु दिगोरुपमा टिकाउ नहुने स्थानिय व्यापारी कुमार विमलीले बताए । अहिले बर्खे मौसममा बनाएका नालाभरी पानी जमेको छ । त्यही पानी माथी बनाएका नालाहरु भोली पल्ट नै भत्कने गरेको उनले बताए । समय रहुन्जेल बेवास्ता गर्ने अनि ताेकिएकाे करार समय सकिने समयमा हतार हतार काम गर्ने अनि भुक्त्तानी पाउने आशामा बसेका ठेकेदार कम्पनीले आखिर किन चरम लापारबाही गरिहेको छ ..? सम्बन्धित निकायबाट अखिर किन यसको नियगमन गरिदैन र भाेली हामीले नै उपयाेग गर्नु पर्ने सडक कमशल र काम चलाउ बनाइरहँदा पनि हामी जनता किन माैन छाैं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्