विवाद निरुपणका लागि विराटनगरमा शुरु भयो, यस्ताे संवाद समुह

विवाद निरुपणका लागि विराटनगरमा शुरु भयो, यस्ताे संवाद समुह

विराटनगर, १७ साउन ।
सबै क्षेत्रको समेट्ने गरी एक नम्बर प्रदेशको राजधानी बिराटनगरमा संवाद समुह मोरङ गठन भएको छ । संघियता कार्यान्वयन, स्थानीय तह, प्रदेश र संघ विच श्रोत साधन परिचालन जस्ता बिषयमा विवाद उत्पन्न हुने र यस्ता विवादले द्धन्दको रुप धारण गर्न सक्ने भन्दै विवाद समाधानको साझा थलो संवाद सुमहलाई बनाउने उदेश्यका साथ संवाद समुह गठन भएको हो । मोरङका बिभिन्न राजनीतिक दलका नेताहरु, नागरिक अगुवा, वकिल,पत्रकार, शिक्षक, प्राध्यापकहरुको समुहमा आबद्ध छन् । संवाद सुमहमा मोरङका मुख्य राजनीतिक दलका मुख्य नेताहरु , बिभिन्न क्षेत्रका बिषेशज्ञहरु समाजिक आन्दोलनका अगुवाहरुको सहभागीता छ ।
समुह गठनमा उपस्थित रहेका नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बुले स्पष्ट दृष्टीकोणका साथ काम थालिएकाले संवाद सुमहले राम्रो काम गर्ने र मोरङ्गमा शान्ती स्थापनार्थ काम हुने बताए । उनले विवादका धेरै कुरा राजनीतिक स्वार्थसँग जोडिएका हुनाले संवाद सुमहमा आएर राजनीतिक दलका बिचमा संवादहुँदा समस्या समाधान हुनेमा विस्वस्त रहेको बताए । नेकपाका केन्द्रिय सदस्य बिनोद ढकालले विवाद समाधानको अन्तिम सत्य नै संवाद सुमह भएकाले संवाद समुहको आवश्यकता परेको बताए ।
संवाद गर्ने थालो आवश्यक परिरहेकाले संवाद सुमह गठन भएको बताए । राजनीतिक दलहरु एउटै टेवलमा बस्न सके मात्रै पनि आधा बिवाद निरुपण हुने धारणा उनको छ । उनले बिषय बिज्ञ समेतको समुह रहेकाले विवादको जडसम्म पुग्न र विवाद निरुपण गर्न संवाद समुह सफल हुने बताए । कार्यक्रममा नेकपाका नेता गोपी आछामीले संवाद समुहको आगामी यात्रा यसले खेल्ने भूमिका र यसको काम गर्ने शैली र निरन्तराले तय गर्ने बताए ।
संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य जयराम यादबले आफू संवाद समुहको सदस्य मात्रै नभएर आयोजक भएको बताए । संबैधानिक संवाद सुमहको सदस्य भएर काम गरिसकेकाले मोरङमा पनि यसको आवश्यकता खड्किएको अवस्थामा संवाद समुह गठन भएकोमा यादबले खुशी व्यक्त गरे । छलफलमा राजपाका केन्द्रिय सदस्य मोहम्बद कादिरले मोरङ्गमा संवाद सुमह गठन भएर शान्ती निर्माणको एउटा खुड्किलो चढेको बताए । उद्योग संगठन मोरङ्गका पूर्व अध्यक्ष तथा उद्योगी मुकेश उपाध्यायले संवाद सुमहले उद्योगी र स्थानीयबासीबिच भइरहेको विवाद निरुपण गर्न ध्यान दिनुपर्ने बताए ।सदस्यका हिसाबले संवाद सुमहलाई आफू आर्थिक, भौतिक र सवै खाले सहयोग गर्न तयार रहेको बताए । उनले संवाद सुमुहको आफू एउटा सक्रिय र जिम्मेवार सदस्य बन्ने बचन दिए ।
मानवअधिकार रक्षक सञ्जाल प्रदेश नम्बर एकका संयोजक सोमराज थापाले आफूहरुले गर्ने सहयोग सधै रहने बताए। शान्ती निर्माण, विकास र समृधी सँगसँगै जाने भएकाले प्रदेशको समृधीमा काम गर्न आफू सधै तत्पर रहने उनको भनाई छ ।
कार्यक्रममा डा सोम खतिवडाले शान्ती निर्माणको उदेश्य सहित गठन भएको संवाद सुमहलाई आफूले जानेको ज्ञान बाड्न सधै तयार रहेको बताए । दीगो शान्ती स्थापना नभई समृद्धी नहुने र समृद्धीका लागि शान्ती स्थापना गर्न संवाद सुमह मोरङले भूमिका खेल्नेमा बिश्वास व्यक्त गरे ।
साहित्यकार सिमा आभाषले संवाद समुहको निरन्तरताका लागि सवैले सक्रिय भएर सचिवालयलाई सहयोग गर्ने बताउँदै अहिले समाजमा देखिएका समस्याको पहिचान नै प्रसस्तै रहेकाले समाधान हुने र नहुने बिषयमा बर्गिकरण गर्दै अघि बढ्नु पर्ने बताईन् ।
महेन्द्र मोरङ क्याम्पसका सह प्राध्यापक चन्द्र उपाध्यायले समुह गठन गर्नु नै ठुलो बिषय हो । तर समुह निर्माणले मात्र संस्थाको दिगोपना नहुने भएकोले दिगोपना र टिकाउको लागि अहिले देखि नै श्रोत खोज्नु पर्ने बताए । सबैको आबश्यकता महसुस गरिएको साझा टेबुल निर्माण गर्न सफल भएकोमा सबैको साथको खाँचो रहेको बताए ।
सुचनाको हकको अभियान्ता राजु श्रेष्ठले जवाफदेहिता पारदर्शीता र शुसासनका लागि शान्ती आवश्यक रहेको र शान्तीका लागि संवाद सुमहले काम गरोस भन्ने शुभकाना व्यत्त गरे । महिला सञ्जालकी अध्यक्ष लिला रिजालले महिलाका मुद्याामा काम गर्नु पर्नेमा जोड दिईन् । महिला संघकी सचिब प्रमिला थापाले भने राजनितीकि दलका ठूला नेताहरु एउटै टेवालमा बस्दा पनि आत्मियता बढ्ने र यसले विवाद निरुपणमा साझा धारणा बन्ने भएकाले संवादको टेवल आवश्यक रहेको बताईन् । निरा भगत थारु र कविता दाहालले संवाद सुमह भनेको साझा थलोको रुपमा सबैले बुझ्नु जरुरी रहेको बताए । समुहमा माथि उल्लेखित व्यक्त्तिसँगै अधिवक्त्ता अनिल खड्का, अादिवाशी जनजातीका तर्फबा६ प्रेम देवान लगायत पनि स‌वाद समुहमा अाबद्ध रहेका छन् ।
छलफलमा सहभागिहरुले संवाद सुमहको भूमिका अव अझै बढेर जाने बताए  । छलफलमा बिराटनगर महानगरपालिकामा देखिएको कर बिवाद र देशकै पुरानो उद्योग जुट मिलको विवादमा काम थाल्ने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्