विराटनगर १४ को रेल्वे लिक कल्भर्टमा युवतीको शव फेला, शव शंकास्पद

<span class='c1'>विराटनगर १४ को रेल्वे लिक कल्भर्टमा</span> <span class='c2'>युवतीको शव फेला, शव शंकास्पद</span>

विराटनगर, १८ साउन ।
विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा एक युवतीको शंकास्पद शव फेला परेको छ । हत्या गरी फालिएको अबस्थामा शव फेला शव कसरी त्यहाँ आईपुग्यो प्रहरी नै अन्यौलमा देखिएको छ । केहीवेर अघि फेला परेको शव नग्न अबस्थामा भेटिएको पाईएको स्थानीयले बताएका छन् । जतुवा स्थित बन्दै गरेकोे रेल्वे ट्याक मुनीको कल्भर्टमा फेला परेको शव स्थानीय नभएकोले सनखत भएपछि घटनाको बारेमा तथ्य बाहिर आउने मोेरङ प्रहरीले जनाएको छ । एक २२ ÷२४ बर्षिय युवतीको शव फेला परेको भएपनि के कारणले हत्या भयो या कसरी उनको शव त्यहाँ आईपुग्यो भन्ने बिषय नै शंकास्पद भएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनको शरीर पोष्ट मार्टमकोलागि कोशी अञ्चल अस्पतालमा राखिएको केसीले बताए । मधेशी मुलको देखिने महिलाले पहेँलो चुरा लगाएको सम्म बताएको प्रहरीले शव आउनुको बिषयमा केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्