नक्कली औषधी प्रकरण : विराटनगरको मेडिप्लस फार्मेसीलाइ विभागकाे यस्ताे निर्णय

<span class='c1'>नक्कली औषधी प्रकरण : विराटनगरको </span> <span class='c2'>मेडिप्लस फार्मेसीलाइ विभागकाे यस्ताे निर्णय</span>

विराटनगर, १८ साउन । विराटनगरमा रहेको मेडिप्लस फार्मेसीलाई  औषधी व्यवस्था विभागवाट क्लिन चिट पाएको छ । नक्कली औषधी बेचबिखन गरेको आरोपमा विवादमा तानिएको औषधी फार्मेसीले विभागबाट कसरी पायो क्लिन चिट ? यो बिषयसर्वस्त्र चासोको विषय बन्न पुगेको छ । प्रहरीलाई परेको उजुरको आधारमा गत साउन १३ गते जिल्ला प्रहरी कार्यलय मोरङले विराटनगरको विभिन्न ५ अस्पतालमा संचालित फार्मेसीहरुमा छापा मारेको थियो । छापा मार्ने क्रममा प्रहरीले सवै फार्मेसीवाट शंकास्पद औषधीहरु नियन्त्रणमा लिएर औषधी व्यवस्था विभागलाई बुझाएको थियो ।
पक्राउ परेका औषधीका सन्दर्भमा विभागले अनुसन्धान गर्ने क्रममा मेडिप्लस फार्मेसीवाट बरामद भएका औषधीहरु सक्कली र कुनै डुप्लिकेशन नभएको पाएको थियो । विभागले मेडिप्लस फामेर्सीका संचालक नारायण दाहाललाई गत बुधबार नै पत्र काटेर नियन्त्रण गरिएको औषधी बुझिलिन अग्रह गर्दै ‘क्लिन–किट’ दिएको हो ।
छापा मार्ने क्रममा प्रहरीले विराटनगरमा रहेको म्याक्स हस्पिटल , गोल्डेन अस्पतालमा संचालित फेमेली फार्मेसी, विराट नर्सिङ होममा संचालित मेडिप्लस फार्मेसी, म्याक्स अस्पतालमा संचालित लाईफ लङ फार्मेसी र विराट मेडिकल कलेजमा संचालित विराट माहुली फार्मेसी, न्युरो अस्पतालमा संचालित लाईफ सपोर्ट ट फार्मेसीबाट शंकास्पद औषधी नियन्त्रणमा लिएको थियो ।
औषधी सहित लङलाईफका दिपक राय, माहुली फर्मेसीका प्रशान्त चौधरी र डुपलिकेट औषधि बनाउने धरानका जिवन अग्रवाललाई नक्कली स्टिकर सहित विराटनगरवाटै पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्