बिराटनगरमा डाक्टर पढ्दै गरेका एक बिद्यार्थीको रहस्यमय मृत्यु , अनुसन्धान जारी

<span class='c1'>बिराटनगरमा डाक्टर पढ्दै गरेका एक बिद्यार्थीको</span> <span class='c2'>रहस्यमय मृत्यु , अनुसन्धान जारी</span>

विराटनगर, १९ साउन । बिराटनगर नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत एक बिद्यार्थीको रहस्यमय मृत्यु भएको छ । बारा घर भएका २५ बर्षिय शौरभ उप्रेतीको रहस्यमय तरिकाबाट मृत्यु भएको हो । बाराको कोल्भी नगरपालिका ८ घर भै हाल नोबेल कलेजमा एमबिबिस अन्तिम बर्षमा अध्यनरत उप्रेतीको बुधवार नै रहस्यमय मृत्यु भएपनि घटना पछि मात्र सार्बजनिक भएको हो । उनि सुतेकै कोठामा साथीहरुसँगै फेला परेका थिए । राती अवेर सम्म साथीहरुसँगै पढेर सुतेका उप्रेती बिहान खाटबाट भुईमा झरेर मृत अबस्थामा फेला परेको थियो । सौरभको मृत्यूको बिषयमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । मृत्यु रहस्यमय देखिएकोले गहन अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए । घटना रहस्यमय भएकोले घरधनी, बिद्यार्थी, शिक्षक, कर्मचारी सबैलाई निगरानीमा राखेर अनुसन्धान थालिएको उनले बताए ।

प्रहरीले मृतक बिद्यार्थीको शव परिक्षण गर्न सुनसरीको धरान बिपी स्वास्थ्य प्रतिष्ठानमा रहेको बिधि बिज्ञान प्रयोगशालामा पठाएको छ । मृतक बिद्यार्थीका बाबु अर्जुन उप्रेतीले घाँटीमा ल्यापटपको तारको जस्तो दाग देखिएकोले हत्या भएको आशंका गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्