बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा तनाब : नवजात शिशुको मृत्यूपछि अस्पताल अशान्त

बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा तनाब :  नवजात शिशुको मृत्यूपछि अस्पताल अशान्त

विराटनगर १९ साउन । कोशी अञ्चल अस्पतालमा एक नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेपछि तनाव भएको हो । ब्यथा लागेर विहिवार विहीवार अस्पतालमा भर्ना भएकी मोरङको धनपाल थान गाउँपालिका ४ की आरती मरिकले शुक्रबार साँझ साढे ५ बजे सामान्य अबस्थामा शिशु जन्माएकी थिइन् ।
जन्मिएको केहीबेर मै शिशुको अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा संलग्न चिकित्सकले अन्यत्र लैजान भन्दै रिफर सहित डिस्चार्ज दिएका थिए । शिशुलाई स्थानीय एक अस्पतालमा पुर्याउदा मृत्यु भैसकेको थियो । र भर्ना नलिने जानकारी दिएपछि पीडित पक्ष आक्रोशित भएका थिए । शिशुको जन्मअघि गरिएको परीक्षणमा सबै कुरा सामान्य भनिएको तर जन्मिएको केही समयपछि नै अवस्था चिन्ताजन रहेको भन्दै डिस्चार्ज गरिनुमा चिकित्सकको लापरवाही रहेकोे पीडित पक्षको भनाइ छ ।
रेफर गरेपछि अन्यत्र गएका पीडित पक्षले शिशुको मृत्यु भएको थाहा पाएपछि थप तनाव भएको थियो । उनीहरुले मृतक बच्चाको शव ल्याएर अञ्चल अस्पतालको बेडमा राखेका छन् । उनीहरुले चिकित्सकलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान राख्दै होहल्ला गर्न थालेपछि अस्पताल परिसरमा ब्यापक प्रहरी परिचालन गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले डेलिभरीमा बच्चा जन्मिएपछि बच्चा जन्मिँदासम्म दिसा खाईसकेकोले बच्चाकोअ बस्था गम्भिर थियो अन्यत्र पठाउँदा बाटोमा मृत्यु भएको भन्ने जानकारीमा आएको बताए । उनका अनुसार, कोशी अञ्चल अस्पतालमा बच्चाको भेन्टिलटर नभएको कारण चिकित्कसले अन्यत्र लग्न रेफर गरेको र बाटोमै मृत्यु भएकोले कोशी अस्पतालको चिकित्सकको लापरवाही नभएको पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्