विराटनगरको सडकमा बलात्कारको बिरोध, र्यालीको बिचमा कोही बलात्कारी कोही बलात्कृत (फोटो फिचर सहित )

<span class='c1'>विराटनगरको सडकमा बलात्कारको बिरोध, र्यालीको बिचमा कोही</span> <span class='c2'>बलात्कारी कोही बलात्कृत (फोटो फिचर सहित )</span>

विराटनगर, १९ साउन । विराटनगरको मुख्य सडक ट्राफिक चौकमा दुई युवती रगतले लत्पतिएको अनुहार लिएर हिँडेका । अनी अनुहारमा उस्तै निराशाका काला धब्बाहरु देखिन्थे । उनीहरुको साथमा पछि–पछि २ जनालाई हत्कडी लगाएर केही ब्यक्तिहरुले समाएर लिएर हिँड्दै थिए । यो बिराटनगर महानगरपालिकाको ट्राफिक चोकमा देखिएको दृश्य हेर्नकै लागि भिडभाड पनि उस्तै नै थियो । यो अभियानमा युवाहरुले साथ दिएका थिए ।
पछिल्लो समय मुलुकका बिभिन्न क्षेत्रमा बलात्कारका जघन्य अपराधका घटना दिन–दिनै बढ्दै गएको भन्दै युवाहरुले दवाव मुलक र्याली निकालेका हुन । र्यालीमा कोही बलात्कारीको भुमिकामा देखिन्थे र कोही बलात्कृत भएको नाटकिय रुपमा देखिन्थे । ‘अति भयो अत्याचार, धेरै भयो बलात्कार’ लेखिएका प्ले कार्ड सहित विराटनगरका सडकमा युवा जमातले विरोध स्वरुप ¥याली निकालेका हुन् ।
वलात्कारका घटना दिनदिनै भईरहँदा पनि अपराधिलाई कारबाही नगरेको भन्दै शनिबार सयौँको संख्यामा विराटनगरको सडकमा युवा पुस्ताले विरोध ¥याली निकालेको छन् ।
उनीहरुले ‘अति भयो अत्याचार, धेरै भयो बलात्कार’ नारी कुनै खेलौना हैन–मन लाग्यो खेल्यो अनि नारीलाई रेप होईन सेफ गर, सविधानमा यति कुरा टासिँ दे–बलात्कारीलाई फासी दे जस्ता प्ले कार्ड र व्यानर बोकेर युवापुस्ता ¥यालीमा सहभागी भएका थिए ।
ट्राफिक चोकबाट निस्किएको ¥याली विराटनगरको मेन रोड हुँदै तिन पैनी पुगेर जिल्ला प्रशासन कार्यलय मोरङ अगाडी गएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई युवा अभियान्ता दिपेश धिमाल, निखिल नेपाल, सन्जु गौतम लगायतहरुले महिला हिंसा र बलात्कार गर्ने अपाराधीलाई फासीको सजाय हुनुपर्ने माग गरेको बिङ नेपाली एड्मीनका संचालक मनिश श्रेष्ठले जानकारी दिए ।
कोणसभामा महिला हिंसा र बालिका माथि हुने बलात्कार विरुद्ध हस्ताक्षर अभियान पनि चलाईएको पहिलो पाईलका सुभाष गौतमले जानकारी दिए । कन्चनपुर तथा बारा लगायतका जिल्लामा भएको बलात्कारका घटनाका बारेमा उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्