प्रदेश नम्बर १ मा ७९ प्रतिशत धान रोपाई

<span class='c1'>प्रदेश नम्बर १ मा </span> <span class='c2'>७९ प्रतिशत धान रोपाई</span>

बिराटनगर साउन २० । एक नम्बर प्रदेश सहित पूर्वमा ७९ प्रतिशत धान रोपाई भएको छ ।

पूर्वाञ्चलमा ४ लाख ६६ हजार २ सय ६६ हेक्टर जग्गामा धान खेती हुदै आएकोमा साउन मध्य सम्म ३ लाख ६९ हजार ९ सय ९७ हेक्टरमा धान रोपाई भईसकेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वमा सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम सप्तरीमा ५० प्रतिशत मात्र रोपाई भएको वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले बताउनु भयो ।

पर्याप्त वर्षा र सिचाई सुविधा नपुगेका कारण रोपाई ढिलाई भएको भएपनि साउन मसान्त भित्रमा सबै क्षेत्रमा रोपाई भईसक्ने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । पूर्वाञ्चलमा ५ लाख १३ हजार ४ सय ५६ हेक्टर धान खेती हुने जग्गा मध्ये २ लाख ७४ हजार ७८ हेक्टर जग्गा सिंचित क्षेत्र रहेको छ भने २ लाख ३९ हजार हेक्टर जग्गामा आकाशे पानीको भरमा धान खेती गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्