दुहवी बजारवासी विकासको सहयाेगी की बाधक , सडक विस्तार गर्नै नदिन संघर्ष समिति गठन

<span class='c1'>दुहवी बजारवासी विकासको सहयाेगी की बाधक ,</span> <span class='c2'>सडक विस्तार गर्नै नदिन संघर्ष समिति गठन</span>

विराटनगर, २१ साउन । निर्माणाधिन ६ लेन सडक परियोजना अन्तरगत दुहवी बजारमा सडक विस्तार हुन नसकेर लामो समय देखि त्यहाँको काम अघि बढ्न सकेको छैन । करिब १ किलोमिटरको दुरीको सडक बिस्तार हुन नसक्नुको कारण भनेको स्थानीयले आफ्ना घर टहरा भत्काउन नदिनु नै हो । दुहवी बजारलाई लक्षित गरि सडकको ३१–३१ मिटरको (१०२ फिट ) दाँयाबाँया घर टहरा हटाउन ६ लेन सडक परियोजनाले म्याद दिईसकेकोछ । लामो समयदेखि घर टहरा भत्काउन नदिएका स्थानीयसँग बिभिन्न चरणमा छलफल भएपनि त्यो निश्कर्षमा पुग्न सकेको छैन । अmभ पछिल्लो समयमा ६ लेन परियोजनाले घर टहरा हटाउन कडाई गर्ने भएपछि त्यस बिरुद्ध आक्रोशित दुहवी बजारवासीले कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
आईतवार बसेको बजारवासीको वृहत भेलाले सरकारी कदम हचुवा र मनोमानी गरेको भन्दै सिताराम अग्रहरीको संयोजकत्वमा २१ सदस्य दुहवी बजार रक्षा समिती गठन गरेका हुन ।
दुहवी बजार इटहरी र अन्य सडक छेउका बजारभन्दा पुरानो बजार भएको उनीहरुको भनाई छ । बि.सं.२०१० सालमा दुहवीको पुरानो बजारमा आगलागी भई पुन बसेको यो बजार सडक विभागले उल्लेख गरेको कोशी राजमार्ग तथा त्यस सम्बन्धी सडक ऐन भन्दा पुरानो होले सडक बिस्तार गर्नै नहुने पक्षमा स्थानीय देखिएका हुन ।
सडकमा नागरिकको निजी जग्गा परेको भन्दै स्थानिय वासिन्दाले बजार नै उठिवास गराउने षडन्त्र विरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेको छन् । ‘हामी विकास विरोधी होइनौ तर विभागले बजार नै सखाप पार्ने षड्यन्त्र गरिरहेको छ, संयोजक अग्रहरीले भने, सडक विभागको निणर््ाय स्वीकार गर्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्