मोरङ जिल्लाका नेपाल-भारत सीमास्तम्भ मर्मत सुरु

<span class='c1'>मोरङ जिल्लाका नेपाल-भारत</span> <span class='c2'>सीमास्तम्भ मर्मत सुरु</span>

विराटनगर  २१ साउन । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ ।

नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो ।

 

अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल गण मोरङका प्रहरी उपरीक्षक मनिष थापाले जानकारी दिए ।

उनले रतुुवामाइ नगरपालिका-२ मा १६ वटा तथा विराटनगर-१६ स्थित दरैयारमा दुुईवटा नयाँ सीमास्तम्भ निर्माण गरिएको बताए । अन्य बाँकी सीमा स्तम्भ पनि पुनर्निर्माण गर्नेे काम भइरहेको छ ।

मोरङ जिल्लामा ३० वटा सीमास्तम्भ हराएको र दुुईवटा खोलाले बगाएको थियो । गत मंसिर महिनादेखि सीमा सर्बेटोलीले जिल्लामा काम सुुरु गरेको थियो ।

६३ किलोमिटर लामो सिमानाका रहेको मोरङ जिल्लामा साना, ठूला र सहायकगरी १२४ वटा सीमास्तम्भ रहेका छन् । गतवर्ष बक्राहा खोलामा आएको बाढीले दुुईवटा सीमास्तम्भ बगाएको थियो ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्