स्कुलबाट फर्किँदै गरेका बालकको अपरहणपछि भक्तपुरमा हत्या

<span class='c1'>स्कुलबाट फर्किँदै गरेका बालकको</span> <span class='c2'>अपरहणपछि भक्तपुरमा हत्या</span>

काठमाडौं । स्कुलबाट फर्किँदै गरेका बालकको काठमाडौंमै अपहरणपछि हत्या भएको छ । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेको सिन्धुपाल्चोक मेलम्चीका निशान खड्काको अपहरणपछि हत्या भएको छ । आइतबार हाइल्यान्ड स्कुलबाट फर्किँदै गरेका खड्का अपहरणमा परेका थिए । बालक खड्का आमा चमेलीसँग बस्दै आएका थिए । बुबा अशोक खड्का वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् ।

आमाले पेप्सीकोलामा चियापसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । स्कुलबाट फर्किँदै गर्दा अपहरणमा परेका खड्कालाई रिहा गर्न आमा चमेलीसँग ४० लाख माग गरिएको थियो । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अपहरणकारीले बालक खड्को राति नै हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । अपहरणकारी गोपाल खड्का परिवारसँग चिनाजानका व्यक्ति भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी आइतबार पनि आमा चमेलीको चिया पसलमा देखिएका थिए ।

अपहरणमा परेका निशानको भक्तपुरमा निर्माणाधिन एक घरको जगमा शव फेला परेको थियो । भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

अपहरणकारीको खोजी गर्ने क्रममा प्रहरी इन्काउन्टरमा परेर दुईजनाको मृत्यु भएको छ ।  अपहरणमा परेका निशानको खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा सूर्यविनायक नगरपालिका ८ को पाइलट बाबाको आश्रममा जाने बाटोमा इन्काउन्टर हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार बालकको अपहरण गरेर आमा चमेली खड्कासँग ४० लाख फिरौती माग गर्ने समूहकै दुईजनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।  मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ भएको प्रहरीले जनाएको छ ।
अपहरणपछि प्रयोग भएको मोवाइल नम्बर, एउटा पेस्तोल र त्यसमा लाग्ने गोली तामाङद्वयको साथबाट बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्