विराटनगर, २१ साउन । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडी केही दिन देखि पानी जम्दै आएको छ । पानी नजम्ने जिल्ला प्रशासन कार्यालयको मुख्यद्धारमा नै पानी कसरी जम्यो होला सबैको जासो हुन सक्छ । तर यहाँ केही दिनदेखि पानी जम्नुको पछिको कारण भनेको जिल्ला प्रशासन कार्यालयको निवास तथा हलमा जाने बाटोमा गेट बनाईएपछि पानीको निकास नहुँदा नै हो । तर जिल्ला प्रशासन कार्यालयको मुख्यद्धारमा नै पानी जमेपछि प्रशासन कार्यालयमा कामको सिलसिलामा आउने सर्बसाधारणलाई असहज भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यालयमा नै पस्ने गेटको अबस्था नै यस्तो भएपछि अन्यत्रको अबस्था के होला भन्ने प्रश्न उब्जीएको छ ।
तस्विर : प्रेम देवान/ओवि