मोरङका बाढीपीडितको फ्रिज भएकाे ३ करोड ८० लाख फर्काउन पहल गर्नेछु: सिडिअाे

<span class='c1'>मोरङका बाढीपीडितको फ्रिज भएकाे ३ करोड</span> <span class='c2'>८० लाख फर्काउन पहल गर्नेछु: सिडिअाे</span>

प्रेम देवान
विराटनगर,२१ साउन । भर्खरै मोरङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका बाढीपीडितकोे नाममा आएको ३ करोड ८० लाख फ्रिज भएको रकम पुनः ल्याउन पहल गर्ने बताउनुभएको छ ।
मोरङका बाढीपीडितलाई तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय पठाएको रु ३ करोड ८० लाख रकम वितरण हुन नसकि फ्रिज भई फिर्ता भएको रकम पुनः ल्याउनका लागि पहल गर्ने वताउनु भयो ।
यसैविच उहाले जिल्लामा शान्ति सुरक्षा कायम राखी गुणस्तर सेवा जनतालाई दिनु प्रमुख प्राथमिकता रहेको वताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संघीयताको कार्यान्वयन ,नागरिक सरोकार विषय, राजनीतिक दलसंग समन्वय कायम राखी मुलुकलाई समृद्धि वनाउनका संञ्चारकर्मीहरुको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
प्रजिअ केसीले जिल्लामा देखिएका सामाजिक विकृति नियन्त्रण गर्ने कार्यमा कानूनको प्रभावकारी कायान्वयन गर्ने बताउदै स्वच्छ समाज निर्माण गर्न स्थानीय सरकार,सघंसंस्थाले जनतासमक्ष सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्