विराटनगरमा नक्कली औषधी कारोवारीका नाईकेसँग बयान, पुन: ६ दिनको म्याद थप

विराटनगरमा नक्कली औषधी कारोवारीका नाईकेसँग बयान, पुन: ६ दिनको म्याद थप

प्रेम देवान।
विराटनगर, २१ साउन । विराटनगरका निजी अस्पताल परिसर भित्र नक्कली औषधि विक्री वितरण गरेको आरोपमा पक्राउ परेकाहरुसँग नेपाल औषधि व्यवस्थापन विभागले बयान लिन शुरु गरेको छ।
नेपाल औषधी ब्यवस्था विभाग विराटनगर प्रमुख एवं अनुसन्धान अधिकृत आशा थापाले सोमबारबाट बयान लिन शुरु गरेकी हुन । विराटनगर ३ मा रहेको कार्यालयमा मै उपस्थित गराएर पक्राउ परेका दुई जनाको बयान लिएको हो । नक्कली औषधी विक्री वितरण गरेको आरोपमा पक्राउ परेका जिवन अग्रवाल र दिपक रायको सोमबार औषधी विभाग कार्यलय विराटनगरमा बयान लिएको औषधी विभागकी प्रमुख आशा थापाले आवर विराटनगर जानकारी दिईन । पक्राउ परेकाहरुलाई कारवाहीको लागि अनुसन्धान गर्न सात दिनको म्याद सोमबार सकिएसंगै भोलीदेखि ६ दिनका लागी म्याद थप गरी प्रहरी हिरासतमा राखिने थापाले बताईन ।
पक्राउ परेका अर्का प्रशान्तकुमार चौधरीको भने यस अघि नै बयान लिईसकिएको छ । चौधरी र राय विरामी भएको सर्टिफिकेट देखाउदै जमानतमा गत वुधवार बेलुका नै छुटेका छन् । चौधरीको विराट नर्सिङ होममा उपचार भई रहेको छ भने रायको कोशी अञ्चल अस्पताल विराटनगरमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।
यसरी छापा मार्याे
गत साउन १३ गते मध्यरातमा विराटनगरका चर्चित अस्पतालहरुले सञ्चालन गरेको फार्मेसीमा प्रहरीले छापा मारेर नक्कली औषधी विक्री वितरण गरेको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । एन्टि करप्सन मुभमेन्टले प्रहरीलाई मानव स्वास्थ्यमा गम्भीर प्रभाव पर्नेगरी नक्कली औषधी विक्री गर्ने गरेको सूचनाको आधारमा विराटनगरका न्यूरो, म्याक्स, विराट नर्सिङहोम र विराट मेडिकल कलेजमाभित्र रहेका फार्मेसी भित्र छापा मारेको थियो ।
फार्मेसीहरुले जीवन रक्षाका लागि प्रयोग गरिने महङ्गा औषधीको नक्कली लेबल र स्टीकर टाँसगरी म्याद गुज्रेका औषधी फेला पारेको थियो । प्रहरीले ५ वटा अस्पतालको परिसरभित्र सञ्चालन गरेको फार्मेसीहरुमा मध्यरातमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको थियो । विराटनगर अस्पताल (नर्सिङ होम)को परिसरमा सञ्चालित रहेको मेडिप्लस फार्मेसीका ४ प्रकारका औषधि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा धरान घर भई भारत सिलगुडी बस्दै आएका कारोवारी जीवन अग्रवालसँग मिलेर न्यूरो अस्पताल भित्र सञ्चालित लाईफ सर्पोट फार्मेसी, विराट नर्सिङहोम भित्र सञ्चालित मेडीप्लस फार्मेसी, म्याक्स अस्पतालभित्र सञ्चालित लङ–लाइफ फार्मेसी र विराट मेडिकल कलेजभित्र सञ्चालित विराट माहुली फार्मेसीमा छापा मारेको थियो । सो क्रममा प्रहरीले नक्कली लेबल र स्टीकरसहित ३ हजार ४४ थान औषधि नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्