विराटनगरका रमेश्वरविक्रम थापाले ‘ब्रेन क्यान्सर’ को उपचारकालागि पत्रकार सम्मेलन गरेर सहयोगको याचना मागे

<span class='c1'>विराटनगरका रमेश्वरविक्रम थापाले ‘ब्रेन क्यान्सर’ को उपचारकालागि</span> <span class='c2'>पत्रकार सम्मेलन गरेर सहयोगको याचना मागे</span>

बिराटनगर २२ साउन । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन ।
तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन ।

[caption id="attachment_61184" align="aligncenter" width="1280"] विराटनगरका रमेश्वरविक्रम थापाले ‘ब्रेन क्यान्सर’ को उपचारकालागि विराटनगरमा पत्रकार सम्मेलनको आयेजना गरी सहयोगको याचना माग्दै ।
तस्वीर ः प्रेम देवान[/caption]

थापाले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी लामो समयदेखी उपचार गराइरहेका उनले ३५ लाख रुपैया उपचारमा खर्च गरिसकेका छन । अझै अन्तिम अप्रेसन बाँकी नै रहेको र त्यो गर्नकालागि ५ लाख रुपैया लाग्ने त्यो पैसा नभएकोले आफु र परिवार चिन्तित बनेको भन्दै सहयोगको याचना गरेका छन् ।

आजिबन कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर संघर्ष गरेको बताउने उनले सक्रृय राजनीतिमा लागेकै कारण केही कमाउन सकेनन । त्यसमाथि उपचारकै लागि भएको खेतबारी पनि बिक्रि गर्नुपरेपछि उनी आर्थिक रुपमा झन तन्नम भएको बताए ।
फोक्सोबाट सुरु भएको क्यान्सर टाउकोमा सरेको थियो । नेपालमा उपचार हुन नसकेपछि उनले भारतको नयाँ दिल्ली स्थित राजिब गान्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेका छ । पत्रकार सम्मेलनमा चिन्तित अवस्थामा बिक्रमले भने ,– ‘पाँच सात बिगाहा जमिन थियो सबै राजनीति र उपचारमा सकियो अब आधा बिगाहा जति मात्र बाँकी छ खानलाई पनि पुग्दैन अप्रेसनकालागि ५ लाख रुपैया कहाँबाट ल्याउने ?,
हक्की र खुल्ला स्वभावका बिक्रम तात्कालिन माअबादी केन्द्रका बुद्धिजीवि संगठनका केन्द्रिय उपाध्यक्ष हुन । उनले आफनो अन्तिम उपचारकालागि सरकारसँग सहयोग मागेपनि पाउन सकेका छैनन । भने , –‘ठूला नेताहरुले बिदेशमा गएर करोडौ खर्च गर्दा केही हुदैन तर हामीले उपचारकालागि एक दुई लाख माग्दा राज्यको फजुल खर्च हुन्छ रे ।,
दुई छोरा र एक पत्नीका धनी बिक्रमले आफु सम्पन्न परिवारको सदस्य भएपनि देशलाई सुन्दर बनाउन स्कुल पढदैदेखी कम्युनिष्ट पार्टीको सदस्य बनेर सक्रृयता पुर्वक आजिबन लागिपरेको र अझै लागिपर्ने बताउँछन । अन्तिम उपचारपछि स्वस्थ्य भएर पार्टीलाई अझै योगदान दिने उनको रहर छ । देशमा व्यवस्था फेरिएपनि अझै साँस्कृतिक क्रान्ति बाँकी नै रहेकोले मैले कम्नुनिष्ट दर्शनकालागि धेरै गर्नुछ यसैले सकेसम्म मा बाँचेर थप योगदान दिन चाहन्छु’ – उनले भने ।
रमेशविक्रमको बनारसको पढाई देखि माओबादी बिद्रोही सम्म
तात्कालिन बिराटनगर स्थित महेन्द्र मोरंग क्याम्पसमा पढदा बिद्यार्थी फणिन्द्र तिम्सिनाको हत्यापछि भएको तीन महिना आन्दोलनमा थापाले अखिलको कार्यकर्ता बनेर सक्रृयता पुर्वक भाग लिएका थिए । त्यसपछि उनले पढ्नकालागि बनारस जानुपरेको थियो ।
बनारसमा उनले हाल पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेले , जीबराज आश्रित , झलनाथ खनालहरु नजिक रहेर अखिलको कार्यकर्ता बनेर काम गरेका थिए । बनारसमा रहँदा भारतीय बिस्तारबाद बिरुद्ध पर्चा बाजी गर्ने , कम्युनिष्ट नेताहरु बनारस जाँदा कार्यक्रमरु आयोजना गर्ने काममा बिक्रम खटिने गर्दथे ।
२०४६ मा गोरखपुर सुनौलीको बाटो हुदै पञ्चायत बिरोधी पर्चा बोकेर नेपाल आउँदा उनि पक्राउ परेका थिए । तात्कालिन मालेका कार्यकर्ता भएपनि उनी सिपी मैनालीसँग गएनन । बासु शाक्यहरुको सम्पर्कमा रहेका उनि पछि माओबादी जनयुद्ध सुरु भएपछि सहयोगी बने । २०५४ मा उनि पुर्णकालिन बने । आफनै घरमा पार्टीको भूमिगत मिटिंग राखिरहेको समयमा २०५८ मा शाही सेनाले घेरा हालेर फौजी कार्वाही गरेको थियो । कार्वाहीमा बुद्धिजीबि संगठनका सदस्य कमरेड तुफान भनिने बयरबन रमाइलाका लक्ष्मी फुँयाल मारिए । तर उनलाई भने श्रीमती र साना छोराछोरीले गर्दा सेनाले मारेन । पक्राउ गरेर तारेखमा छाडयो । यो मोरंगको सबै भन्दा ठूलो रेड भएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्