विराटनगर, २२ साउन । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका एकै परिवारका दुइ जना बालबालिकाकाे शव फेला परेका छ । सिचाइ आयोजनाको रामधुनी नगरपालिका ३ मा झुम्का कारागार नजिकैको नहरमा डुवेर एकै परिवारका २ जना दिदीभाइ वेपत्ता भएका थिए । मंगलबार दिउसो नहरमा डुबेर स्थानिय ११ बर्षीय सृजना खड्का र ९ बर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका उनीहरुको शव फो परेको सुनसरी प्रहरीले जनाएको छ। भाँडा माझ्ने क्रममा पानीले थाल वगाएपछि थाल टिप्न ९ बर्षीय आश्विन र उनकी दीदी सृजना नहरमा पसेका थिए । नहरमा पसेका दुबै जनाको शव खोला र नहरको खाल्डोमा मृत अबस्थामा भेटिएका सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए। नहर र खोेलाको बिचको खाल्डोमा भेटिएका उनीहरुको शव सशस्त्रको गोताखोरलले निकालेको अधिकारीकाले बताए ।