विराटनगर जुटमिलमा जुँगाकाे लडाईँ, अध्यक्षमा दुई पक्षकाे दावी, पत्रकार सम्मेलन गर्दै चिनाउँदै

<span class='c1'>विराटनगर जुटमिलमा जुँगाकाे लडाईँ, अध्यक्षमा दुई पक्षकाे</span> <span class='c2'> दावी,  पत्रकार सम्मेलन गर्दै चिनाउँदै</span>

प्रेम देवान/अाेबि 
विराटनगर, २२ साउन । गत साउन १७ गते विराटनगर जुटमिलका सञ्चालक समितिका अध्यक्ष वसन्त वनले नेपाल पत्रकार महासघ शाखा कार्यलय विराटनगरको सभाहलमा आएर पत्रकार सम्मेलन गरे ।

गत साउन १७ गते पहिलो पटक पत्रकार महासघमा बसन्त वनले पत्रकार सम्मेलन गरेर आफू मिलको आधिकारी अध्यक्ष भएको दावी गर्दै ।
तस्वीर ः प्रेम देवानउनको एउटै विषय थियो विराटनगर जुटमिलको आधिकारीक सञ्चालक समितिका अध्यक्ष म नै हो भन्भदै दाबी पनि गरे । अनी मिडियामा  प्रचारप्रसार गरे र चर्चामा अाए । पुन: अर्को पक्ष ५ दिन पछि पुन ः पत्रकार सम्मेलन गर्न अायाे ।  मुकुन्द प्रसाद नेपालको पक्षले वसन्त वन अाधिकारीक नभएकाेले  आधिकारीक संचालक समितिको अध्यक्ष नेपाल भएकाे दाबी गर्दै अाए । यसरी  नेपाल कै एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिलको बिभिन्न बिषयमा विवाद हुदै अाएकाे छ । 

५ दिनपछि पुन मुकुन्द प्रसाद नेपालको पक्षले हामी आधीकारीक रुपमा मिल संचालक अध्यक्ष भनेर पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिदै...जुटमिल संञ्चालन गर्ने भनेर धेरै नै संञ्चालक अाफ्ना एजेण्डा बाेकेर अाई रहेका छन् । कम्मर कसेर अाएका  स‌चालकहरु कुनैले पनि जुटमिललाई भने संचालन गर्न भने सकेनन् ।  जुटमिल संचालन गर्छु भनेर आएका संचालकहरु आफै नै विवादको गोल चक्करमा फँसेर फर्किने गरेका छन् । त्यही गोलचक्करमा पछिल्लो समय मुकुन्दप्रसाद नेपाल र बसन्त वन परे । यस अघि निलहरी काफ्लेको पालामा पनि विवादका बिच केही दिन मिल स‌न्चालन गरेर बन्द भयाे । नेपाल सरकारको समेत लगानी तथा व्यावस्थापन भएको विराटनगरको एतिहासिक जुट मिलमा पुन संञ्चालन गर्ने भनेर बसन्त वनको नेतृत्वमा नयाँ समुह आएको पनि लामो समय भईसकेको छ । २ सय २९ कित्ता शेयरका धनी बसन्त वनले जुट मिल संचालन गर्ने भन्दै फेरी आफ्नो पक्षमा सहयोग गर्न आग्रह गरेका छन् । तर उता मुकुन्द प्रसाद नेपालको पक्षले भने प्रशासनमा २० दिन अगाडीदेखि भोटे ताल्चा लगाएर बसेका छन् ।साधारण सेयर सदस्यहरुको समूहबाट सञ्चालक समिति हुँदै अध्यक्ष बनेका वनले साउन महिनाभित्र नै मिल सञ्चालन गर्ने भनेर लागी परेका वन यतिबेला अर्को पक्षले प्रशासनिक कार्यदेखि हरेक क्षेत्रमा वाधा उत्पन्न गरेका कारण यतिबेला मिल सुतेकै अवस्थमा छ ।
सञ्चालक समितिमा रहेका मुकुन्दप्रसाद नेपालको समूहले वन सेयर सदस्य समेत नभएको  पत्रकार सम्मेलन गरेर दावी गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मुकुन्द प्रसाद नेपालको पक्षले आफू अध्यक्ष भएको दावी गरे । पूर्व प्रबन्ध सञ्चालक निलहरि काफ्लेले पनि अाफुहरु नै आधिकारी मिलका सञ्चालक रहेकाे दावी गरे ।यतिबेला विराटनगर  जुटमिल लामो समयदेखि राजनीतिको  चेपुवामा परेकाे छ । सयौ मजदुरीको रोजी रोटी खोसिएको छ । यता मिलका कर्मचारीहरुले भने अाफुहरु घरको न घाट भएको भन्दै आन्दोलनको तयारीमा पुगेका छन् । उनीहरुको एउटै माग छ मिल चाडो चल्नुपर्यो ।
गलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्