एक नम्बर प्रदेशको नाममा मत विभाजन, नेकपा कोशी प्रदेशको तयारीमा-कांग्रेस सगरमाथाको लाईनमा

<span class='c1'>एक नम्बर प्रदेशको नाममा मत विभाजन,</span> <span class='c2'>नेकपा कोशी प्रदेशको तयारीमा-कांग्रेस सगरमाथाको लाईनमा</span>

विराटनगर,२३ साउन ।
एक नम्बर प्रदेशको नाम के राख्ने भन्ने बारेमा सबैको चासो उतिकै छ । एक नम्बर प्रदेशको नामको बिषयमा अहिले संसदमा पनि यस बिषयले प्रवेश पाएको छैन । नामको बिषय सबैको चासो भएकोले साझा पहिचानको आधारमा राख्नु पर्ने संवाद समुह मोरङ्गले आयोजना गरेको संवाद कार्यक्रमका सहभागिहरुले बताएका छन् । एक नम्बर प्रदेशको नाम के राख्दा उपयुक्त होला भन्ने बिषयमा गरिएको संवाद कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबैलाई समेटेर लाग्नुपर्ने बताए । मन्त्री घिमिरेले साझा पहिचानको आधारमा सर्वसम्मत रुपमा प्रदेशको नाम राख्ने बताए । चाँडै संसदमा यो बिषयले प्रबेश पाउँने र सर्वसम्मत रुपमा प्रदेशको नाम राख्न आफूहरु लागि परेको बताए । ‘एक नम्बर प्रदेशमा १सय ७ भाषा बोल्ने मान्छे बस्छन्, भाषिक, साँस्कृतिक बहुलता छ, उनले भने, यसैले सर्बसम्मत निर्णय गर्नुपर्छ भन्ने लागेको छ, कोशी एउटा नदीमात्र नभएर, सभ्यता र संस्कृती हो ।’ तर उनले सबै पक्षको कुरा सुनेर धारणा बनाउने बताएका छन् । उनले अहिले प्रदेश सरकार सुझाव लिने र धारणा बनाउने क्रममा रहेको बताए । एक नम्बर प्रदेशमा ३÷४ वटा, बहुपहिचानहरु छन्, त्यसको सम्मान गर्नु पर्ने उनको तर्क छ । अव चाँडै संसदलाई यस बिषयमा बिजनेस दिईने उनले जानकारी दिए ।

छलफलमा मुख्य राजनीतिक दलका प्रमुख नेताहरु, प्रदेश सभाका संसदहरु र बिषय बिज्ञहरुको सहभागिता रहेको थियो । सहभागि मध्ये धेरैले कोसी नाम उपयुक्त हुने र यसले पहिचान, सभ्यता, सस्कृती र समृद्धि झल्काउने बताएका छन् । केहिले भने सगरमाथा अर्को उपयुक्त नाम हुने भन्दै प्रदेशको नाम सगरमाथा राख्नु पर्ने धारणा राखेका छन् । प्रदेश सभा सदस्य कुशल लिम्बु र नेकपाका नेता गणेश उप्रेतीले किराँत–कोशी प्रदेब राख्नु पर्ने धारणा राखे । संवादमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेश सांसद बिष्णुमाया तुम्वाहाम्फले प्रदेशको नाम लिम्वुवान नै राख्नु पर्नेमा जोड दिईन् ।
अग्रज पत्रकार मोहन भण्डारीले साझा नाम खोज्नु पर्ने आवश्यकता रहेको बताए । यो प्रदेशको भौगोलिक अवस्था,संस्कार सस्कृती र इतिहासलाई हेर्ने हो भने प्रदेशको नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने उनको तर्क छ । नेकपाका नेता गणेश उप्रेतीले पहिचान र सामर्थको आधारमा प्रदेशको नामाङ्करण गर्नु पर्ने बताए । उनले किराँत नामले यहाँको पहिचान झल्काउने र कोशीले सभ्यता झल्काउने भन्दै प्रदेशको नाम कोशी–किराँत राख्नु पर्ने धारणा राखे ।
प्रदेश सभा सदस्य तथा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले मेची देखि महाकाली सम्म तराईको भूगोललाई मधेस प्रदेशमा राख्नु पर्ने बताए । उनले आप्mनो पार्टीको राजनीतिक अडान हुँदा हुँदै पनि साझा नामको पक्षमा आफु रहेको बताए । उनले संसद र पार्टीमा यो बिषयमा बहस चलेको नभएको जानकारी दिँदै नाम राख्दा सगरमाथा प्रदेश नै राख्दा पनि आपत्ती नभएको उनले बताए । नेपाली कांग्रेसका प्रदेश सभा सांसद शान्ता पौडेल, जिल्ला सचिब नागेश कोइराला, मोदराज घिमिरे तथा पूर्व सचिव यदु बिष्टले सगरमाथालाई प्राथमिकतामा राख्दै बिकल्पको रुपमा कोशी ाख्दा उपयुक्त हुने धारणा राखे ।

कांग्रेस भित्र छलफल हुँदा प्रदेशको नाम सगरमाथा नै राख्ने भन्ने बिषयबाट केन्द्रीत भएकोले यही नाम नै सर्बमान्य हुनसक्ने तर्क कांग्रेस तर्फका नेताहरुको छ । सचिव घिमिरेले कांग्रेस मोरङ्गमा औपचारिक रुपमा बहस नभए पनि अनौपचारिक रुपमा यही नाममा बहस भएको बताए । सस्कृतीबिज्ञ डा. सोम खतिवडाले प्राकृतिक प्रदेशको नाम कोशी हुनुपर्ने कारणहरु प्रस्तुत गर्दै सांस्कृतिक, सभ्यताको इतिहास, किराँत संस्कृतीको मुल केन्द्र, हिन्दु, बौद्ध धर्मको सभ्यता कोशीसँग जोडिएकोले यो नाम उपयुक्त हुने सुझाब दिए ।
मधेसी वुदीजीवी भगवान् झा प्रदेशको नाम सगरमाथा प्रदेश राख्नु पर्ने आधार प्रस्तुत गर्दै भन्छन्, नामको नाममा कुनै विवाद गर्नु पर्ने अबस्था छैन । नेकपाका नेता ऋषिकेश पोखरेलले अहिलेको अवस्थामा बहुमतको आधारमा निर्णय गर्ने पक्षमा नरहेको बताए । बहुमतको आधारमा गर्ने हो भने नेकपा सँग दुई तिहाइको बहुमत प्रदेश सरकारसँग छ तर हामी सवैको सहमतिमा सवैको भावना अनुरुप काम गर्ने छौ, उनले भने । ‘अहिलेसम्म पनि प्रदेशको नाम के राख्ने भन्ने बिषयमा बहस भएको छैन, उनले भने, साझा नामको कुरा गर्दा सगरमाथा वा कोसी भन्दा अरु केहि उपयुक्त नाम नभएको दाबी गरे । नाम ब्यक्ति वा समुदायसँग भन्दापनि प्रदेशको समृद्धिसँग जोडेर हेर्नुपर्नेमा उनको जोड छ ।

राजपाका जिल्ला संयोजक मोहम्मद कादिरले समग्र मधेश एक प्रदेशको बिषयमा सहमती भएको भएपनि एक नम्बर प्रदेशमा मिक्स कल्चर छ, यसैले अहिले सगरमाथा नै सबैको उपयुक्त नाम हुने भन्दै आफ्नो धारणा राखे । संवाद कार्यक्रममा बोल्दै कृषी बिज्ञ राजेन्द्र उप्रेतीले प्रदेशको नाम कोसी राख्दा उपयुत्त हुने बताए । संघीय लोकतान्त्रिक मञ्चका नेता तथा प्रदेश सभा सदस्य बिष्णु तुम्बमहाम्फले प्रदेशको नाम लिम्वुवान राख्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्