विराटनगरकी आभाअनुपमाले हात परिन् भारतको सुप्रसिद्ध ‘इन्टरनेशनल ग्लोवल अवार्ड’

विराटनगरकी आभाअनुपमाले हात परिन् भारतको सुप्रसिद्ध ‘इन्टरनेशनल ग्लोवल अवार्ड’

विराटनगर, २३ साउन । सामाजिक, साँस्कृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा विगत ३ बर्षदेखि योगदान पुर्याउने व्याक्तित्वलाई सम्मान गर्दै आएको एवार्ड भर्खरै सम्मन्न भएको छ ।
भारतको नयाँ दिल्लीमा सम्पन्न “ अन्र्तराष्ट्रिय ग्लोवल अवार्ड” पहिलो पटक विराटनगरकी सामाजिक अभियान्ता एक महिलालाई प्रदान गरिएका छ । विगत लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आउनुभएकी विराटनगर ५ जामुनगाछीकी आभाअनुपमाले “ अन्र्तराष्ट्रिय ग्लोवल अवार्ड” प्राप्त गर्नुभएको छ ।
आभाअनुपमालाई नेपालको तर्फबाट पहिलो पटक नेपाली महिलाले सामाजिक सचेतना अभिवृद्धि गर्न सशक्त भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय व्यक्तित्वलाई प्रदान गरिने महानगर मेल नयाँ दिल्लीद्धारा स्थापित यो अवार्ड संस्थाको इतिहासमा पहिलो पटक नेपाली महिलालाई प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दै भारत सरकारका केन्द्रीय आदिवासी जनजाति मंत्री जु एल ओ रामले अनुपमाको योगदानको प्रशंसा गरेका थिए ।
यसरी आफूले पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको अर्वाड हातमा पाउदाँ एकदमै गर्व लागेको आभाअनुपमाले आवर विराटनगर र डटनेटलाई जानकारीदिनुभयो । यसले अवार्डले मलाई अब आउदादिनहरुमा पनि मलाई काम गर्ने हौशला प्रदान मिलेको छ उहाले भन्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आह्वान गरिएको “स्वच्छ भारत, स्वस्थ भारत” तथा “बेटी बचाओ, बेटी पढाओ” जनअभियानमा सक्रिय योगदान दिने यस संस्थाले अनुपमालाई यो अवार्ड नेपालमा गरिबी निवारण, नारी सशक्तिकरण, फिल्मनिर्माणद्धारा सामाजिक रुपान्तरण तथा मानवीय एवं दैवी विपदामा सहयोग सँगै जीवनका अन्य क्षेत्रमा पनि आफ्नो ऐतिहासिक भूमिका निर्वाह गरेको आधारमा प्रदान गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्