भोलि एक नम्बर प्रदेशमा सार्वजनिक विदा

भोलि एक नम्बर प्रदेशमा सार्वजनिक विदा

प्रेम देवान
विराटनगर २३ साउन । २४ औं विश्व आदिवासी जनजाती दिवसको अवशरमा एक नम्बर प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
बिहीबार विश्व भरी आदिवासी जनजाती समुदायले २४ औं विश्व आदिवासी दिवस भव्य लरुपमा मनाउन गहिरहेको छ ।
यसैविच एक नम्बर प्रदेशमा आदिवासी जनजातीको बाहुल्यता रहेका कारण साउन २४ गते २४ औं विश्व आदिवसाी जनाजाती दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
हरेक बर्ष अगष्ट ९ तारिकका दिन मनाईने विश्व आदिवासी दिवस मनाईदै आएको छ । यसपटक भने अधिकार प्रतिनिधीत्व, स्वायतत्ता÷स्वशासनका लागी आदिवासीको अडानः मानव पहिचान सहितको संघीयताका लागी संबिधान संसोधन हाम्रो साझा अभियान भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
यसैविच यता विराटनगरमा भोली २४ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा पनि भव्य रुपमा मनाउन लागिएको छ ।
नेपाल आदिवासी जनजाती महासघ नगर समन्वय परिषद् विराटनगरको आयोजनामा भोली विहीबार विराटनगरमा झांकी सहितको ¥याली निकालेर स्थानिय विरेन्द्र सभागृहमा कार्यक्रम गर्ने नगर परिषद्का अध्यक्ष सुरेस सिह गनगाईले जानकारी दिनुभयो ।
दिवसको अवसरमा नगर परिषदले साप्ताव्यापी कार्यक्रम गरेको छ । यस अघि किरातीहरुको समसान घाट , माङिखम मन्दिर परिसर सरसफाई लगायत कार्यक्रम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्