विराटनगर महानगरले कर वृद्धि गरेको भन्दै खुल्ला रक्तदान गरेर विरोध

विराटनगर महानगरले कर वृद्धि गरेको भन्दै खुल्ला रक्तदान गरेर विरोध

विराटनगर २३ साउन । विराटनगर महानगरपालीकाले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै विभिन्न संघ सस्थाहरुले विरोध जनाउन थालेका छन् ।
यसैविच आम गरिब जनतालाई अत्याधिक करको मुल्य वृद्धि गरेको भन्दै युवा संघ नेपाल र वाइ.सि.यल बिराटनगर कमिटीले रत्तदान गरेर विरोध जनाए । विरोध जनाउनको लागी बन्द, हडताल, आन्दोलन गर्नै पर्छ भन्ने छैन , यस उदाहरणीय कार्य युवा संघ नेपाल र वाइ.सि.यल बिराटनगर कमिटीले गरेर देखाएका छन् ।
नया आर्थिक बर्ष सुरु भएसंगै महानगरले बढाएको करको चर्को करको मुल्य वृद्धिको बुधबार महानगरको गेटमा रत्तदान गरेर विरोध गरेका छन् । आज भएका रत्तदान कार्यक्रममा २५ जनाले रत्तदान गरेको युवा संघ नेपाल नगर अध्यक्ष शुशिल रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्