विराटनगरको सप्तकोशी अस्पतालको फाेहाेर थुप्राेमा भेटियो मृत  शिशु, अस्पतालकाे मनपरी

विराटनगरको सप्तकोशी अस्पतालको फाेहाेर थुप्राेमा भेटियो  मृत  शिशु, अस्पतालकाे मनपरी

प्रेम देवान/अाेबि 
विराटनगर, २३ साउन । विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने डम्पिङ्गमा  मृत  नवजात शिशु  भेटिएको छ । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारीले बुधबार फोहोर उठाउन जादाँ नवजात शिशु मृत अवस्थामा भेटेका हुन । वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि विराटनगरका फोहोर सकंलन गर्न पुगेका अमर मरिक, सजंय मरिक र गाडीका डाईभर प्रमोद मण्डलले मृत अवस्थामा सालनाल सहितको शिशु फेला पारेका थिए । सप्तकोशी अस्पतालको पछाडी फोहोर जम्मा गर्ने डम्पिङ्गमा सालनाल सहितको ( छोरी ) शिशु फालिएको अबस्थामा फेला परेकाे थियो ।

वेष्टमेनेजमेन्टका कर्मचारी अमर मरिकले भने , ‘विहान साढे नौ बजेतिर अस्पताल पुगेका थियौ ! फोहोर उठाउन खोज्दा प्लाष्टिकमा टाउको बेरिएर फालिको थियो, खुट्टा मात्र बाहिर थियो । ‘अब के गर्ने भनेर हामी दोधारमा पर्यौ । पुन हामीले हत्तपत्त अस्पताललाई जानकारी गरायौं । अनि हामीले प्रहरीलाई पनि खबर गर्यौ ।’
जिल्ला प्रहरी कार्यलय मोरङ र वडा प्रहरी कार्यलयsकाे  प्रहरी टाेलीले मृत शिशु नियान्त्रणमा लिएर थप अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता निसान थापाले आवर विराटनगरलाई जानकारी दिए ।  ‘ हामीले अस्पतालका जिम्मेवार ब्यक्त्ति र शिशुको बारेमा अनुसन्धान गरिरहेका छौ, उनले भने, 'घटनाको तत्यसत्य पत्ता लगाई कानुनी प्रक्रियामा जान्छाै ।'
अस्पताल भन्छ -पेटमै मरेकाे हाे 
सप्तकोशी अस्पतालमा फोहोर मैला उठाउन पुगेका वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारीले बुधबार मृत अवस्थामा भेटिएको नवजात शिशु पेट भित्र नै मरेकाे अबस्थामा निकालेकाे अस्पतालले जनाएको छ ।सप्तकोशी अस्पतालका प्रशासन प्रमुख  विमल नेपालले पेट भित्र नै मरेको बच्चा निकालेर फालिएको बताए । सप्तरी घर भएकी २८ बर्षिया संन्जु चौधरीको २४ हप्ताको पेट भित्र रहेको बच्चा मरेको थियो, नेपालले भने । डाक्टर गीता कार्कीले हेरेको अल्ट्रासाउण्डमा नै मरेको भेटेपछि चौधरीको अप्रेशन गरी बच्चा निकालिएको थियो ।

किन फालियाे फाेहाेरमा 

सप्तरी घर भएका कारण मरेको शिशुलाई शिशुका आफन्तले यतै सिँघीया खोलामा लगेर गाड्नु भनेका थिए, नेपालले भने, स्वीपरले नगाडी प्लाष्टिकमा बाँधेर फोहोर फाल्ने स्थानमा फालेका कारणा समस्याकाे रुपमा देखियाे ।'  उनले अस्गपतालकाे गल्ती नै नभएकाे बताए । अस्पतालमा काम गर्ने  स्वीपरलाई गल्ती देखाउदै अस्पताल स‌चालक नेपाल भने भाग्न खाेजेकाे देिखन्छ । त्यसाे भए अस्पताललाई सबै मरेका बच्चा फाेहाेरमा फाल्ने अधिकार छ ?  हैन भने कानुनी रुपमा कुनै पनि अस्पतालले मरेका शिशु त्यसरी खुल्ला रुपमा फाल्न पाईदैन । मृत अवस्थामा भेटिएको शिशु अवैध रुपमा फालिएको हो या मरेको फालिएको हो त्याे प्रहरीले अनुसन्धान गरी कार्वाहीकाे दायरामा ल्याउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्