‘नेपाल आइडल’ को दोश्रो संस्करण आजबाट शुरु हुँदै

‘नेपाल आइडल’ को दोश्रो संस्करण आजबाट शुरु हुँदै

काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’को दोश्रो संस्करण बिहीबार (आज) बाट शुरु हुँदैछ । हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राति साढे ८ बजेबाट प्रसारण हुने छ । नेपाल आइडलको प्रशारण एपीवान एचडी टेलिभिजनबाट हेर्न सकिने आयोजकले जनाएको छ ।

अघिल्लो सिजनकै न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायकका रुपमा रहने छन् । यो सिजनमा प्रस्तोतामा भने रिमा विश्वकर्मासँग दर्शकले नयाँ अनुहार देख्न पाउने छन् । 

टेलिभिजन कार्यक्रम प्रस्तोता, गायक तथा अभिनेता आसिफ शाह प्रस्तोताका रुपमा रिमासँग आउने छन् । गत सिजनमा नेपाल आइडलका विजेता दर्शकको भोटका आधारमा चुनिएका थिए । तर, यो पटक भने विजेता छनोटमा निर्णायकको पनि हात हुनेछ । “यो पटक विजेता छनोटमा दर्शकसँगै निर्णायकको पनि हात हुनेछ,” नेपाल आइडलका निर्णायक मध्येका एक कालीप्रसाद बास्कोटाले भने, “दर्शकको ५० र निर्णायकको ५० प्रतिशत भोटका आधारमा विजेता छनोट हुनेछन् ।”

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा  पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमशः दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भि कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्