एक नम्बर प्रदेश सरकारकाे सार्वजनिक विदा, कतै खुला कतै विदा

एक नम्बर प्रदेश सरकारकाे सार्वजनिक विदा,  कतै खुला कतै विदा

विराटनगर, २४ साउन ।
एक नम्बर प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदाको निर्णय प्रदेशभित्रै उल्लंघन भएको छ । सूचना जारी गर्दै प्रदेश सरकारले बिदाको जानकारी गराएपनि सरकारी कार्यालयहरु आज दिनभरि नै खुले । यसले संघीयता कार्यान्वयमा गंभीर आशंका देखा परेको छ । प्रदेश १ सरकारले विहीबार दिएको बिदासम्बन्धी निर्देशनलाई सरकारी कार्यालयले अटेर गरेका हुन् । प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी विश्व आदिवासी दिवसको दिन बिदा जनाएको थियो । एक नम्बर प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय खुल्ला रहेका थिए । विदा कार्यान्वयनको लागि प्रदेश सरकारले सबै जिल्लाहरुमा परिपत्र जारी गरेको भएपनि ति कार्यालयले प्रदेशको पत्र अस्वीकार गरेका हुन ।
संघीय सरकार मातहत रहेको भन्दै बिदा नदिइएका ती कार्यालयमा सेवाग्राहीको भने उपस्थिती थिएन । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृहमन्त्रालयसँग स्वीकृत गर्दा बन्द नगर्न भनेकोले कार्यालय सुचारु गरिएको जानकारी दिए । बिदा गर्ने कि सूचारु गर्ने भन्ने विषयमा संघीय र प्रदेश सरकारबीच समन्वय अभावमा धेरैलाई अन्योल भएको देखिएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला र कानुन मन्त्री हिक्मतकुमार कार्कीले संविधानतः प्रदेश सरकारलाई कानुन बनाउने र त्यसलाई कार्यान्वयन गराउने अधिकार प्राप्त भएकोले कानुनी अधिकार प्रदेश सरकारले प्रयोग गर्दै बिदा दिईएको बताए ।
प्रदेश सरकार मातहतका कार्यालय, निजी बिद्यालय, कलेज र स्थानीय तह भने बन्द रहेका थिए । जिल्ला प्रशासन कार्यालय खुला रहेपनि सेवाग्राही भने पुगेनन् । भन्सार, कर, हुलाकलगायतका धेरै सरकारी कार्यालय सूचारु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्