विराटगरमा २४ औं विश्व आदिवासी दिवस : आदिवासीको मुद्धा सम्बोधन गर्न दवाव(फाेटाे फिचर)

विराटगरमा २४ औं विश्व आदिवासी दिवस : आदिवासीको मुद्धा सम्बोधन गर्न दवाव(फाेटाे फिचर)

प्रेम देवान/ ओबि
विराटनगर, २४ साउन । २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा विराटनगरमा भव्य रुपमा सम्पन्न गरिएको छ । हरेक वर्ष ९ अगष्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउँदै आएकोमा यो बर्षपनि बिहीबार विराटनगरमा एक समारोह विच भव्य रुपमा दिवस मनाइएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद र नगर समन्वय परिषद विराटनगरको आयोजनामा आदिवासी जनाजातीको मौलिक सास्कृतिक झाँकी ¥याली निकालीएको थियो । दिवसको अवसरमा सन्सारी माईस्थान मन्दिर परिसरबाट निकालिएको झाँकी सहितको ¥यालीले नगरक्षेत्रको ट्राफिक चोकबाट मेनरोड, जलजलारोड,अस्पतालचोक हुंदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा पछि विरेन्द्रसभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
¥यालीमा आदिवासी जनजाति सम्बद्ध किरात राई यायोक्खा , किराँत याक्खा छुम्मा, किराँत याक्थुङ चुम्लुङ , नेवा दे दवु, राजवंशी समाज, नेपाल गनगाई समाज, भुजेल समाज लगायत विभिन्न १८ वटा जातीय समुदायको पहिचान झल्किने नृत्य र पोसाक प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आदिवासी जनजातीको मौलिक पहिचान र भाषा संस्कृति मासिदै गएका कारण अब यसलाई जिवन्त राख्न आवश्यक रहेको बताए । आदिवासीको हकहितका संरक्षण र सर्वद्धन गर्न प्रदेश सरकार लागि पर्ने बताए । कार्यक्रममा विराटनगरमा मेयर भीम पराजुलीले महानगर भित्र रहेका आदिवासी जनाजाती समुदायलाई छुट्टै बजेट पनि छुईएको कारण उनीहरुको सीप र कलाको सम्मान गर्न विभिन्न तालिम गोष्ठी जस्ता कार्यक्रम ल्याइएको मेयर पराजुलीले बताए । उनले आदिवासी जनजातीको संग्रालय स्थापना गर्ने योजना रहेको जानका।ी दिए । यसकालागि छिट्टै जग्गा खोजेर आदिवासी जनजातीको संग्रालय बनाउन लागिएको बताए । प्रदेश सभा सदस्य जयराम यादव, प्रताप प्रकाश लिम्बु र बिष्णुमाया तुम्बाहाम्फे, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश एक समन्वय परिषदका संयोजक ध्रुव कुमार लिम्बु , नगर परिषद विराटनगरका अध्यक्ष सुरेशसिह गनगाई लगायतले आदिवासी जनजातिको मुद्धा सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने माग गरे । यस अघि परिषद्ले विराटनगरमा साप्ताव्यापी कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्