सन्दीपको उत्कृष्ट प्रदर्शन , सीपीएलमा प्याट्रियट्स वारियर्ससँग पराजित,

सन्दीपको उत्कृष्ट प्रदर्शन , सीपीएलमा प्याट्रियट्स वारियर्ससँग पराजित,

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ । गुयाना एमेजोन वारियर्ससँग प्याट्रियट्स ६ विकेटले पराजित हुन पुगेको हो ।  आज (शुक्रबार) भएको आफ्नो पहिलो खेलमा नै प्याट्रियट्स पराजित हुन पुगेको हो । १४७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वारियर्सले १६.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

वारियर्सको जितमा सिम्रोन हिटम्येर नायक बने । उनले अविजित ७९ रन बनाए । उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै क्रिस गेल  २५ रन बनाए । प्याट्रियट्सका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । आफ्नो पहिलो खेलमै उनले प्रभाव छोड्न सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले १२ रन मात्रै खर्चेर २ विकेट लिए ।

सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका थिए । उनले १.१ ओभरमा चाडविक वाल्टोनलाई ९ रनमा आउट गराएका थिए । त्यस्तै, उनले जासन मोहम्मदलाई १६ रनमा आउट गराए ।

त्यस्तै, प्याट्रियट्सका लागि शेल्डोन कोट्रेलले २ विकेट लिए ।

प्रोभिडेन्स रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै प्याट्रियट्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । प्याट्रियट्सका लागि कप्तान क्रिस गेलले उत्कृष्ट प्रदर्शन गर्दै ८६ रन बनाएका थिए । उनले ६५ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८६ रन बनाएका थिए ।

गेलले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो रन बनाएपनि अन्य खेलाडीले उच्च रन बनाउन नसक्दा प्याट्रियट्सले वारियर्सलाई मध्यम स्कोरको लक्ष्य दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्