विराटनगरबाट लागूऔषध सहित एक युवा पक्राउ परे

विराटनगरबाट लागूऔषध सहित एक युवा पक्राउ परे

मोरङ, साउन २५ गते ।

विराटनगर महानगरपालिका-१५ स्थित हुलास मेटल चौकबाट बिहिबार दिउँसो १२ बजे लागूऔषध सहित १ जना पक्राउ परेका छन् ।

सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने वर्ष २५ को विष्णुलाल सरदारलाई १०० पिस नाइट्रोसन ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो । सरदारले भारत जोगबनी बजारबाट लागूऔषध किनेर लुकाई ल्याउँदै थिए ।

पक्राउ परेका सरदारलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्