विराटनगरमा हुन लागेको “युथ फेष्टिभल फेष्टिभल २०१८ ” मा ‘ बुगी वुगी’ का रविन भुजेल आउदै ..

<span class='c1'>विराटनगरमा हुन लागेको “युथ फेष्टिभल फेष्टिभल २०१८ ” मा</span> <span class='c2'>‘ बुगी वुगी’ का रविन भुजेल आउदै ..</span>

प्रेम देवान
विराटनगर २५ । विराटनगरमा हुन लागेको युथ फेष्टिभलमा “बुगी वुगी ”का उत्कष्ट ४का प्रतिस्प्रधी रविन भुजेल विराटनगर आउने भएका छन् ।
युवा संजाल मोरङले आयोजना गर्न लागेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ फेष्टिभललाई गत बर्ष झै यस बर्ष पनि निरन्तर दिने संजालले जनाएको छ ।
विराटनगरको स्थानिय विरेन्द्रसभा गृहमा हुन लागेको युथ फेष्टिभल २०१८ मा विविध कार्यक्रम गरी मनाउन लागिएको युवा संवाल मोरङका संयोजक आर के राष्ट्रप्रेमी रन्जन शाहीले जानकारी दिए ।
युथ फेष्टिभलमा ईन्टर क्लव डान्स कम्पिटिसन् , सिङ्गीङ, ड्रामा, कल्चरल ¥याम्प वर्क, युथ ट्याण्ड, ब्लड डोनेसन् , फुट स्टल लगायतका विभिन्न कार्यक्रम गरिने संयोजक शाहीले बताए ।
भोली शनिबार स्थानिय विराटनगर विरेन्द्रसभागृहमा रविन भुजेलको प्रस्तुतिसंगै उनी ईन्टर क्लव डान्स प्रतियोगिताको निर्णयक मण्डलको रुपमादेखा पर्ने छन् ।
सन् १९९९ देखि विश्वभरिका राष्ट्रहरूले युवा दिवसलाई उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्रा्ष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ।युथ फेष्टिभल २०१८ को अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्