भाटभटेनीको मनसुन अफर … विराटनगरको बजारमा ८० रुपैयमा पाईने चिनी भाटभटेनीले ५९ बेच्दै ..

भाटभटेनीको मनसुन अफर … विराटनगरको बजारमा ८० रुपैयमा पाईने चिनी भाटभटेनीले ५९ बेच्दै ..

प्रेम देवान
विराटनगर २५ साउन । गत बैशाख १ गतेदेखि विराटनगरमा संञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले मनसुन अफर ल्याएको छ । भटभटेनी सुपरमार्केटले मनसुन अफरमा दैनिकी प्रयोग हुने खाद्यान्नका सामाग्रीमा विशेष छुटको व्यावस्था ल्याएको छ ।
विराटनगरको भाटभटेनी सुपर मार्केटले जोगबनी र विराटनगरको बजारको भाउ भन्दा कम मुल्यमा खाद्यान्न समाग्री विक्री वितरण गरिहेको छ ।
मनसुन अफर अन्र्तगत चिनीमा प्रतिकेजी ५९ रुपैयाँमा विक्री गरिहेको छ । यहि चिनी विराटनगरको बजारमा ७० देखि ८० रुपैयासम्म विक्री गर्दै आएका छन् ।
जोगवनीमा भने चिनीको मुल्य ६० देखि ६५ सम्म पाईन्छ । आम उपभोक्तालाई सहज होस भनेर जोगबनीको दर भन्दा कम मुल्यमा सामाग्री बेचेको विराटनगरको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताए । व्यवस्थापक भट्टराईका अनुसार सबैभन्दा बढी ग्रोसरी (खाद्यान्न)का सामाग्रीमा आम उपभोक्तालाई सहुलियत गरिएको हो । ‘हामीले ग्रोसरी खाद्यान्न मुसुरो , रहर दाल, मास दाल, नुन, तेल, मैदा, आटा जस्ता सामानहरुमा मनसुनका अफर ल्याएका छौं ।’ उनले भने,‘मनसुन महिनामा भारतिय ग्राहकहरुको पनि राम्रै चाम बढेको छ । टाढाबाट आएका र यहाँका स्थानिय ग्राहकहरु बजारमा ठगिनबाट जोगिन सकुन भन्ेर हामीले किनेको मुल्य भन्दा कम दाममा सामान बेच्दै आएका छौ ।’

त्यसो त अहिले हामीले चौथो महिना कायम रहदा सम्म इलेक्ट्रिक सामानमा २० प्रतिशत र अन्य सामाग्रीमा १० प्रतिशत छुट कायम राखेर बेचिरहेका छौं । ‘तर सामसुङ कम्पनीका ईलोक्ट्रोनिकका सामानमा १२ प्रतिशत छुट दिएका छौं ।’
विराटनगरमा वैशाख १ गतेदेखि सञ्चालनमा ल्याइएको भाटभटेनी सुपर स्टोरले ३ महिनाको अवधीमा ६० करोडको कारोबार गरेको व्यावस्थापक भट्टराईले जानकारी दिए । भाटभटेनी अहिले नेपालको विभिन्न सहरमा १५ वटा शाखा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्