नाम शुद्ध काम अशुद्ध… विराटनगरका बजारमा गुणस्तरहिन वितरण गरिएका पानीका कार्टुन बरामद..

नाम शुद्ध काम अशुद्ध… विराटनगरका बजारमा गुणस्तरहिन वितरण गरिएका पानीका  कार्टुन बरामद..

प्रेम देवान
विराटनगर २५ साउन । आम उपभोक्तालाई शुद्ध पिउने पानी भन्दै गुणस्तरहिन पानी बेचेको भन्दै विराटनगरका बजार तथा पानी उद्योगबाट पानी बरामद गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले शुक्रबार गरेको बजार अनुगमनका क्रममा ८ सय बढी लिटर पानी बरामद गरेको छ ।

पानी उद्योगहरुले सरकारको निर्देशन विपरीत बजारमा गुणस्तरहिन पानी वितरण गरिरहेको पाएपछि साउन महिनाको पहिलो सातादेखि बजार अनुगमनलाई निरतरता दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा उद्योग बन्द गरेर गुणस्तर सुधारको प्रयास थाल्न निर्देशन दिएको थियो ।
उद्योगहरुले गुणस्तरहिन पानी जबर्जस्ती बजारमा बिक्री गरेको भेटिएपछि पानीहरु जफत गरीएको खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अज्र्यालले जानकारी दिनुभयो ।
पानीमा कोलिफर्म भेटिएका उद्योगलाई तत्काल उत्पादन र विक्री वितरण बन्द गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन दिएको थियो ।
तर, अनुगमनका क्रममा हाइमल उद्योग जल उद्योगको २४ लिटर, सितल जल उद्योग ४ सय ४७ लिटर, जोनसोन जल उद्योगको १ सय ९८ लिटर र श्रीजल उद्योगको २० लिटर पानी बरामद भएको छ ।
अनुगमनका क्रमममा न्यूरो हस्पिटल छेउका विभिन्न ६ वटा पसल तथा फार्मेसी तथा कोशी अञ्चल अस्पताल आसपासका २ वटा औषधि पसलबाट उक्त पानी नियन्त्रणमा लिइएको छ । बरामद गरिएका पानी नष्ट गरी गुणस्तहिन पानी वितरण गर्ने बेच्नेदुवैलाई आवश्यक कानुनीको दायरामा ल्याएर कारबाही गरिने खाद्य निरीक्षक प्रेम अज्र्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्