विराटनगरमा क्रिकेट खेल्ने वातावरण नभएपछि,६ खेलाडी आफ्नै खर्चमा क्रिकेट सिक्न दिल्ली जादै

<span class='c1'>विराटनगरमा क्रिकेट खेल्ने वातावरण नभएपछि,६ खेलाडी</span> <span class='c2'>आफ्नै खर्चमा क्रिकेट सिक्न दिल्ली जादै</span>

बिबेक दाहाल , विराटनगर साउन २६ , क्रिकेटको जुनुन भएपछि जस्तोसुकै कठिन बाटो पनि पार गर्न खेलाडी तयार हुन्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् । विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानको कमी भएपछि उनिहरु भारतको राजधानी दिल्ली जान लागेका हुन । विराटनगरका सिद्धान्त लोहनी जस्ले आफ्नो पहिले सिनियर टिमको खेलमा राम्रो प्रदर्शन गर्न सफल भएका थिए , उनकै नेतृत्वमा अहिले विराटनगरका मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोली भारत जान लागेको हो । उनिहरुले भारतको दिल्लीमा रहेको मदनलाल क्रिकेट एकेडेमीमा  ३ महिना लामो प्रशिक्षण गर्ने खेलाडी सिद्धान्त लोहनीले आवर विराटनगर डट नेटलाई जानकारी दिए ।

"चासो छैन संबन्धित निकायलाई" : खेलाडी 

खेलकुद निकायले कुनै साथ नदिने भएको हुनाले आफ्नै खर्चमा भएपनि प्रशिक्षणमा जान लागेको लोहनीले दुखेसो पोखे । बिराटनगर रहेका कुनैपनि खेलकुद वा क्रिकेट खेल हेर्ने निकायले खेल र खेलाडीको बारे नसोच्दा आज खेलाडीहरु अर्को देशमा गएर खेल्नुपर्ने अवस्था वा खेल जीवन नै छाडेर खेलबाट पलायन हुनुपर्ने अवस्था रहेको खेलाडीको गुनासो छ । बिराटनगर शहिद मैदानमा रहेको अभ्यास पिच पनि  बिग्रिएको र मर्मत गर्न धेरै पटक भने पनि कसैले चासो नदिएको अवस्था रहेको खेलाडी भन्छन ।" बिराटनगरमा क्रिकेट खेल्ने वा अभ्यास गर्ने   ठाउँ नै नभएपछी हामी आफ्नै पैसा लगाएर भारत जान लागेका हौ" अर्का खेलाडी महबुब बताउछन । बुधगरमा रहेको मैदान पनि खेल्न लायक छैन यता भयेको एउटा क्रिकेट खेल्ने नेट पनि काम नलाग्ने अवस्थामा छ र चाडै हटाउने कुरा चलेको पनि सुनेको खेलाडीको भनाइ छ ।

क्रिकेट खेल्ने लायक पिच नै नभएपछी कसरी क्रिकेटको बिकास गर्न सकिन्छ ? संबन्धित निकायले यस बिषयमा किन केहि नगरेको , सबैको चासो र गुनासो छ ।

यस्तो छ बिराटनगरको शहिद मैदानको क्रिकेट अभ्यास नेट : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्