विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु

विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु

बिराटनगर साउन २७ , रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन ।
युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित बिराटमहेन्द्र माध्यमिक विद्यालयको पर्खालमा सकारात्मक सन्देश दिने चित्र पेन्टीङ गरिएको छ । सो क्रममा मुट्ठीभित्र गुलाफको फुलको आर्ट बनाइएको छ । सप्तरंगी रंगको प्रयोग गरि बनाइएको चित्रमा चराचुरुंगी उडिरहेको देखाइएको छ । हामी युवाकालागि काठमाडौबाट आएका आर्टिस्टद्वय बिमल बोलाके र बिनय हुमागाईले चित्र बनाएका हुन । विराटनगरमा पहिलो पटक स्ट्रीट आर्टबाट सचेतना र सकारात्क सन्देश दिने कार्यको शुरुआत गरिएको आयोजकले जनाएको छ । विश्वका अनेकौं मुलुकहरुमा सकारात्क सन्देशकालागि स्ट्रीट आर्टको प्रयोग हुदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्