विराटनगर महानगरपालिका बम काण्ड : यस्तो थियो घटना प्रकृति

<span class='c1'>विराटनगर महानगरपालिका  बम काण्ड :</span> <span class='c2'> यस्तो थियो घटना प्रकृति</span>

विराटनगर, २७ साउन । –विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार बम विस्फोट भएको छ ।महानगरपालिका भवनको दोस्रो तलामा मेयरको कार्यकक्ष छ । मेयरलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने एउटा गाडीमा पनि क्षति पुगेको छ । प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।यसो भन्छन् मेयर पराजुल, 'विस्फोटको आवाज आएपछि हामी भाग्न खोज्यौं । धुवाँको मुस्लोजस्तो देखियो । शुरूमा त एसी पड्किएको वा विद्युत शट भएको जस्तो लागेको थियो । बम भन्ने थाहा भएपछि त्रसित बन्यौं । अहिलेसम्म कुनै समूहबाट धम्की आएको थिएन । कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन ।'

विराटनगर महानगरपालिकाकाकी उपमेयर ईन्दीरा कार्कीले आज भएको घटना सपना जस्तो लागेको बताईन् । उनी भन्छिन, 'मेरो कार्यकक्षमा एउटा विवादको बिषय आएको थियो । त्यो बिषयमा छलफल गराउनको लागि तयारीमा थिएँ । निस्कँदै गरेको अबस्थामा एक्कासी ठुलो आवाज आएर पड्कियो । शुरुवामा उडाएको जस्तो लाग्यो । हेर्दा शरिर भरी धुलै-धुलो भएको रहेछ । धन्न बाँचे ।'
विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको बारेमा प्रहरीले बुझ्न महानगरपालिकामा राखिएको सिसीक्यामेराको डिभाईस नियन्त्रणमा लिएको छ । घटना स्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी सहितको टोलीले अनुसन्धान गरिरहेको छ । एक्कासी बम बिस्फोटको खबर आएपछि सुरक्षाकर्मी ब्यापक परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले बताए ।

महानगरको आकस्मिक बोर्ड बैठक 

विस्फोटपछि महानगरको आकस्मिक बोर्ड बैठक बसेको छ । मेयरको कार्यकक्षमा प्रहरीले प्रवेश गर्न दिएको छैन । प्रमुख कार्यकारी अधिकृतको कक्षमा बोर्ड बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्