विराटनगर महानगरपालिका भित्र बम पड्काएको आशंकामा केही शंकास्पद प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगर महानगरपालिका भित्र बम पड्काएको</span> <span class='c2'>आशंकामा केही शंकास्पद प्रहरी नियन्त्रणमा</span>

प्रेम देवान
विराटनगर, २७ साउन ।
विराटनगर महानगरपालिका भित्र बम पड्काएको आशंकामा प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रमा लिइएको छ । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने कार्य जारी भएकोले साँझसम्म केही बताउन सक्ने बताए । पक्राउ परेका व्याक्तिको नाम अहिल नै सार्वजनिक गर्न नमिल्ने उनले जानकारी दिए ।
मोरङ प्रहरीले अनुसन्धानकालागि महानगरपालिका भित्र रहेको सिसिटिभीको डिभाईस नियन्त्रणमा लिएर निगरानी बढाएको छ । वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी, महागनरपालिकाको भवन र फर्निचरमा क्षती पुगेको छ । महानगरको दोश्रो तलामा भएको विष्फोटबाट सोफा, दराज तथा झ्यालको सिसा फुटेका छन् ।
विस्फोटमा परी महानगरका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । उनी मुटुको रोगी भएको बताइएको छ । महानगरपालिकाका मेयर भीम पराजुुलीले ठूलो संख्यामा सेवाग्रहीको काम हुने महानगरपालिकामा वम विस्फोट गराउने काम निन्दनीय भएकाले यसले कसैलाई फाइदा नपुग्ने बताए । बिस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएको भएपनि बिभिन्न अनलाईनहरुमा भने नेकपा माओवादी विप्लव समूह र तराईमा रहेको गोईत समुहले बिस्फोट गराएको भन्दै समाचार लेखेका छन् । तर अहिलेसम्म आधिकारिक जिम्मा कसैलै पनि नलिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी भईरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्