विराटनगर महानगर आईतबार विहानको बर्षापछि यस्तो देखियो(फोटो फिचर सहित)

<span class='c1'>विराटनगर महानगर आईतबार विहानको बर्षापछि</span> <span class='c2'>यस्तो देखियो(फोटो फिचर सहित)</span>

विराटनगर, २७ साउन । शनिबार रातीदेखि आईतबार विहानसम्म परेको अविरल वर्षाले गर्दा विराटनगर अधिकांश स्थल जलमग्न भएको छ । विराटनगर महानगरभित्र बाटो तथा ढल निर्माण गर्ने कार्य जारी भएका कारण पानी निकास हुन सकेको छैन । विराटनगरको हिमालय रोड, कलेज रोड , दक्षिणी क्षेत्र मिल्स एरियामा पानी जमेका कारण समस्या देखिएको छ । एक नम्बर प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङ्ग र उनका सुरक्षाकर्मी बस्ने निवासमा पानी छिरेको छ ।
विराटनगर १३ कोशी प्रोजेक्टमा बस्दै आएका प्रदेश प्रमुख गोविन्द तुम्हाङ र सुरक्षाकर्मी बस्ने निवासमा र मुल गेटमा पानी जमेका कारण हिडडुलमा समस्या भएको परेको छ । त्यस्तै रोडशेष चोक देखि पुरानो भुमीसुधार कार्यालयसम्म आउने बाटोमा पानी जमेका कारण सवारी साधन र आमसर्वसाधणलाई हिड्न झनै समस्या परेको थियो । त्यसैगरी विराटनगरको हिमालय रोड लामो समय देखि सामान्य बर्षा हुँदा समेत डुवानमा पर्ने गरेको छ ।
अपत्कालिन बाढी, पहिरो जाँदा राहत केन्द्रको रुपमा मानिएको जिल्ला प्रशासन कार्यलय मोरङको बाहिरी गेटमा त झनै समस्या देखिएको थियो । सेवाग्राही कार्यलयमा सेवा लिन जादा पानीमा पसेर जानुपर्ने अवस्था आएको छ । यसबारे महानगरले भने खासै चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्