कोसीको जलसतह खतराको विन्दुमा पुग्यो , सतर्कता अपनाउन आग्रह

<span class='c1'>कोसीको जलसतह खतराको विन्दुमा पुग्यो</span> <span class='c2'>, सतर्कता अपनाउन आग्रह</span>

देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ ।

सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमिटर पानी परेको छ । कुशुम र तल्लो तटीय क्षेत्रमा वर्षा हुने क्रम जारी रहेका त्यस क्षेत्रमा सतर्कता अपनाउन जलतथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

त्यस्तै सप्तकोशीको चतारामा पनि कोसीको जलसतह खतराको विन्दुमा पुगेको छ । सोमबार विहान १० बजेको मापनमा त्याहा ७ः०० एमएम छ । सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । त्यस्तै अरुण नदीमा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ ।  जुलाई र अगस्त महिना मौसम सक्रिय हुने भएकाले यो अवधिमा देशभरको मौसम पूर्ण बदली रहने र देशका धेरैजसो स्थानहरूमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो पूर्व र मध्यका थोरै स्थानमा तथा पश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने देखिन्छ । त्यस्तै राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षा हुनेछ ।
त्यस्तै मंगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने र पश्चिमी क्षेत्रमा भारि वर्षा हुने पूर्वानुमान शाखाको अनुमान छ ।  सोमबार बिहानसम्मको रेकर्ड अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ८७ मिलिमिटर वर्षा भएको छ ।

श्रावण ३० गते (बुधवार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ  ।

मौसमविद राजु प्रधाननाङगका अनुसार जुलाई र अगस्त महिना मनसुन सक्रिय हुने समय भएकाले गत दुई साता देखि नै वर्षा भइ्ररहेको छ । नेपालमा पुर्वी वायु सक्रिय भएपछि वर्षा हुने गर्छ । पूर्वी वायुले वंगालको खाडीबाट जलवास्प लिएर आउने भएकाले मौसम बदली भइ पानी पर्ने गरेको मौसमविद प्रधानाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्