विराटनगरमा ठेकेदारमाथि नागरिकको आक्रोश, दवाव पछि १२ घन्टामा ईन्जिनियर पुगे (भिडियो सहित)

<span class='c1'>विराटनगरमा ठेकेदारमाथि नागरिकको आक्रोश, दवाव पछि</span> <span class='c2'>१२ घन्टामा ईन्जिनियर पुगे (भिडियो सहित)</span>

प्रेम देवान । थोरै पानीेले पनि विराटनगरका अधिकांश क्षेत्र डुवानमा पर्छ । विराटनगरमा आईतबार र सोमबार विहान परेको अविरल बर्षाले गर्दा विराटनगरका धेरै क्षेत्र जलमग्न भयो । विराटनगर रोडशेषदेखि पुरानो भुमी सुधार सम्म सबैभन्दा बढी समस्या देखियो ।
रिक्सा र ठेला चलाउनेलाई त झनै त्यो जलमग्न पानीमा आफ्नो सवारी साधन बारपार गर्न हम्मे हम्मे परेको दृष्य स्पष्ट देखिन्थ्यो । पानीमा बगेर आएको सर्प र जुकाले टोक्ने डरमा स्थानीय थिए । आबर विराटनगको टोली रिपोर्टिङको लागि सो स्थानमा पुग्दा स्थानीय ठेकेदार कम्पनीलाई फोनमा गाली गर्दैथिए ।
उनको भनाई यति मात्र रहेछ, सर्वसाधरण हिड्ने पेटिमा किन राखियो कर्वेस्टोन । विहानदेखि १७ जना बढी सर्वसाधरण लडेको आफ्नै आखाले देखेपछि उनले त्यो सहन सकेनन् । उनी वाध्य भएर ठेक्का लिने कम्पनीलाई यसरी आक्रोस पोखिरहेका थिए ।
विराटनगरमा अहिले एसियाली विकास बैकको परियोजनअ अन्तरगत सडक तथा नाला बनाउने कार्य भईरहेको छ । रोडशेषदेखि भित्री सडक तथा नाला बनाउने जिम्मा पाएको आषिश कन्स्ट्रक्सनले लिएको छ । विराटनगर रोडशेष चोकका स्थानियवासी गोविन्द रतेरियाले बारम्बार ३– ४ दिन देखि हटाउन आग्राह गरे । तर ठेक्का लिने कम्पनी कानमा तेल हालेर बसेको उनले सुनाए ।
उनले फोन फोन गरेको १२ घन्टा पनि नवित्दै आषिस कन्स्ट्रकसनका ईन्जिनियर गोविन्द झाको टिम पुगेर सडक पेटिमा राखिएका कर्बस्टोन हटाउन पुगे । कतिपय स्थानमा बनाउदा बनाउदै लाथालिङ्ग पारेर विचैमा छाडिदिने त कतिपय स्थानमा बनाएको महिना दिन पनि नपुग्दै भत्कने गरेका छन् ।

https://www.youtube.com/watch?v=Y6NHxDYM7-w

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्