मोरङको जाँतेमा बिद्यालयको खानेपानी ट्याङकीमा बिष भेटियो, २० बिद्यार्थी बिरामी २ गम्भीर

मोरङको  जाँतेमा बिद्यालयको खानेपानी ट्याङकीमा बिष भेटियो, २० बिद्यार्थी बिरामी २ गम्भीर

विराटनगर, २९ साउन ।
मोरङको लेटाङ नगरपालिकाको जाँते माध्यामिक बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाईदिँदा २० जना बिद्यार्थी बिरामी परेका छन् । २ जनाको अबस्था गम्भीर रहेको छ । आज बिहान बिद्यालय आएका बिद्यार्थीहरु पानी खाने क्रममा उनीहरु बिरामी परेका थिए । साना कक्षाका बालबालिकाहरुले पानी खाएपनि थाहा नपाएको र ठुला कक्षाका बिद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो ।
बिद्यार्थी पानी खाने बितिकै किन बिरामी परेर भनेर सोधीखोजी भएको थियो । तर पछि केही बिषादी गन्हाएको थाहा पाएपछि बिरामीलाई तत्काल उपचारको लागि उपस्वास्थ्य चौकी पठाईएको थियो । बिष कसले पानीमा हाल्यो भन्ने बारेमा केही नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
पानीमा साईपर मेथिन १० बिषधी खानेपानीमा हालेको पाईएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरिक्षक असई हरीनारायण राजबंशीले कक्षा १ देखि १० सम्मकै २० जना बिद्यार्थी बिरामी भएकामा २ नजनाको अबस्था गम्भीर रहेको जानकारी दिए ।
गम्भीर बिरामी भएका मध्य २ जना श्रीष्टी निरौला र खुस्बु मिश्रलाई थप उपचारको लागि बिराटनगर पठाईएको उनले बताए । अन्य बिरामीहरु १८ जनाको मंगलवारे उपस्वास्थ्य चौकी उर्लावारीमा उपचार भईरहेको छ । टाढाबाट बिद्यालय आउने बिद्यार्थीहरु गर्मीको कारण थाकेर आउने र उनीहरुले शुरुमै पानी खाने बितिकै बिरामी परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्