विराटनगरमा एक करोडको लगानीमा बालबालिकाको उपचारर्थ ‘श्री चिल्ड्रेन हस्पिटल’

विराटनगरमा एक करोडको लगानीमा बालबालिकाको उपचारर्थ ‘श्री चिल्ड्रेन हस्पिटल’

प्रेम देवान
विराटनगर २९ साउन । विराटनगरमा पछिल्लो समय ठूला – ठूला हस्पिटल , होटल तथा सपिङ मलमा लगानी गर्नेको क्रम बढेको छ ।
यसै क्रममा विराटनगर ८ हस्पिटल चोक स्थित ‘श्री चिल्ड्रेन हस्पिटल’ मंगलबारदेखि संचालनमा आएको छ ।
विशेष गरी नवजात शिशु तथा बालबालिकाको उपचारर्थ हस्पिटल संचालनमा ल्याईएको ‘श्री चिल्ड्रेन हस्पिटल’ का संचालक राजेश अग्रवालले जानकारी दिनुभयो । हस्पिटलले २५ सैयाको अनुमती प्राप्त गरेकोमा अहिले २४ सैया वेडको व्यावस्था रहेको अग्रावालले बताउनुभयो ।
हस्पिटलमा भेन्टिलेटर सहितको एनआईसियू, पिआईयिू र नर्सरी सहितको सेवा सुविधा सम्पन्न बालबालिकाको निमित्त हस्पिटलन संचालनमा ल्याएका हौ संञ्चालक अग्रवालले बताउनुभयो ।
करिव एक करोडको लगानीमा रहेको हस्पिटलमा बालरोग तथा मुटुरोग विशेषज्ञ डाक्टर मनोज कुमार श्रीवास्तवले सेवा प्रदान गर्नुहुनेछ । हस्पिटलले यस अघि श्री हस्पिटल नाम दिएर अन्य रोगका विरामीहरुका लागी सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्