विराटनगरको सडकमा अपाङ्गता भएका ब्यक्तिद्धारा सुतेर आन्दोलन, गरिखान पाउनु पर्ने माग

<span class='c1'>विराटनगरको सडकमा अपाङ्गता भएका ब्यक्तिद्धारा सुतेर</span> <span class='c2'>आन्दोलन,  गरिखान पाउनु पर्ने माग</span>

प्रेम देवान
विराटनगर, २९ साउन । शारिरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुले भारतिय बजार जोगबनीबाट सामान ल्याउन प्रहरीले अवरोध गरेको भन्दै एक नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् । जोगवनीबाट सामान ल्याएर विराटनगरका बजारमा बेचेर जिविको पार्जन गर्दै आएका आपङ्गहरुलाई सामान ल्याउन प्रशासनले रोक लगाएपछि जोगवनी– विराटनगर सडक अवरोध गरेका हुन ।
उनीहरुले रोडशेषचोक दक्षिणमा रहेका मुख्यमन्त्रीको कार्यालय अगाडी जोगवनी –विराटनगर सडकको बिचमा सुतेर सडक अवरोध गरेका थिए । आपाङ्गता भएका ब्यक्तिहरुले जीवन यापनको लागि भारतीय बजार जोगवनीबाट सामान ल्याउन पाउनु पर्ने माग राखेर सडक अवरोध गरे । अहिले भन्सार र प्रशासनले सामान ल्याउन रोक लगाएको उनीहरुले अरोप छ । विराटनगर र आसपासको क्षेत्रमा तिन दर्जन बढी शारिरिक रुपमा अपाङ्गता भएकाहरुले भारतको जोगवनी बजारबाट ह्विलचियरमा सामान ल्याउने गरेका छन् ।
उनीहरुले भन्सारबाट सामान ल्याउन पाउने वातावरण नबनेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रदेश १ का सबै मन्त्रालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदा तिन महिनामा पनि माग सम्बोधन नभएपछि आन्दोलित हुनु परेको नेतृत्व गरिरहेका संजय थापामगरले बताए ।
पहिला सामानको भन्सार कटाएर ल्याउन दिने गरेकोमा अहिले भन्सार काट्दा पनि सामान ल्याउन नदिएर प्रहरीले दादागिरी गरेको थापा मगरले बताए । जोगबनीबाट सामान ल्याए पनि प्रहरीले नियन्त्रणमा लिने गरेको अर्का आन्दोलनमा सहभागी नारायण शर्माले बताए । यो बारेमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा पनि १ हजार भन्दा बढीको सामान ल्याउन नपाउने भनेकोले समस्या भएको उनीहरुको भनाई छ । सामान ल्याउन नदिने हो भने सरकारले गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने आन्दोलनकारीले बताएका बताएका छन् । यस बारेमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले कानुनमा तोकिएको भन्दा बढी सामान ल्याउन नपाइने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्