सुरक्षित ट्याङ्कीमा कसरी हालियो बिष ? के सबै बिद्यालयको ट्याङ्की सुरक्षित छ ?

<span class='c1'>सुरक्षित ट्याङ्कीमा कसरी हालियो बिष ? के</span> <span class='c2'>सबै बिद्यालयको ट्याङ्की सुरक्षित छ ?</span>

विराटनगर, ३० साउन ।
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयको पानी ट्याङ्कीमा हालिएको बिषको बिषय अहिले सबैको टाउको दुखाई भएको छ । बुधवार बिद्यालयमा गएका बालबालिकाले खाएको पानीमा बिष भएको पाईएपछि बिद्यालय बन्द त भयो तर २९ जना बिद्यार्थी बिरामी परेपछि त्यसरी बिष हाल्ने ब्यक्तिको खोजि भईरहेको छ । झण्डै ५ सय जना बिद्यार्थीलाई लक्षित गरी पानीको मुहानमा नै बिष कसले हाल्यो अत्तो पत्तो छैन । अहिले जाँतेको गाउँमा बिद्यार्थीका अभिभावक अंग्रेजसँगको युद्धमा पनि गोर्खालीले पाईपको लाईन मात्र काटेको तर बिष नै नहालेको उदाहरण दिँदै घटनाको बारेमा गम्भीर चिन्ता ब्यक्त गरेको भेटिन्छन् ।
यस्तो थियो बिद्यालयको पानी सुरक्षाको अबस्था
श्री माध्यामिक बिद्यालयको पानीको सुरक्षाको ब्यवस्थापनको लागि बिद्यालयले च्यानल गेटको भित्री भागको माथिल्लो तलामा पानीको ट्याङकी राखेको छ । त्यहाँ जो कोही पुग्न सक्ने अबस्था पनि छैन । बिद्यालय लागेको समयमा त्यही बिद्यालयमा आएका बिद्यार्थीहरु तथा शिक्षकले त्यो च्यालन गेटको प्रयोग गर्ने भएपनि बाहिरी मान्छेले त्यो ट्याङ्कीको बारेमा जानकारी नै राख्दैनन । तर त्यसरी राखिएको ट्याङ्की सुरक्षामा बिद्यालयले चासो नदेखाएको हो त ? भनी बिद्यालयका प्रधानाध्यापक खेमराज दु्लाललाई सोध्दा उनले सुरक्षाको लागि ताला नै नलगाएको भएपनि ट्याङ्कीको केहीभाग खुल्ला रहेको स्वीकार गरे । उनले ट्याङकीको माथिबाटफलामको ढकनी लगाईएको थियो, त्यो स–साना बालबालिकालाई पनि उचाल्न गाह्रै हुने खालको रहेको बताए । तर त्यही छेउको अर्को ट्याङ्कीमा भने केही भाग खुल्ला रहेको भेटिएको दुलालको भनाई छ ।
यो बिद्यालयमा राखिएको पानीको ट्याङ्की अन्यत्र तिरको भन्दा सुरक्षित स्थानमा रहेको बिद्यालय प्रशासनको दाबी छ । ‘एउटा बिद्यालयमा पानीको ट्याङ्कीमा कसैले बिष ल्याएर हालिदिन्छ भने कसरी हामी सुरक्षित हुन्छौ भन्ने, बिद्यालयका प्रअ दुलालले भने, जाँतेमा आउने पानीको मुहान रहेको ४ वटा ट्याङ्की नै खुल्ला हुन्छ ।’ दुई तले भवनको माथिल्लो बिचको तलामा गलत मानशिकता बोकेका मान्छे चढ्न सक्ने खालको ठाउँ रहेकोले त्यही बाट वा बिद्यालयको ढोका खोल्ने बेलामा त्यस्तो घटना भएको हुनसक्ने बिद्यालय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको चासो
पानीमा बिष मिसाईएको बिषयमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले घटनाबाट सशंकित हुनु पर्ने अबस्था आएको बताएका छन् । उनले श्री माबिको बिर्को खुल्लै राखेको भन्ने जानकारीमा आएकोले बिद्याललाई सुरक्षित रहने उपाय सहितको बारेमा जानकारी गराईसकिएको जानकारी दिए । एउटा ५ सय बिद्यार्थी पढ्ने बिद्यालयलाई लक्षित गरि भएको यो घटना पछि सुरक्षा रणनिती नै परिवर्तन गर्नु पर्ने चुनौती अब सुरक्षा निकायसँग आएकोमा प्रजिअ केसीले चिन्ता ब्यक्त गरेका छन् । अब घटना घटी सकेपछि दिईएको निर्देशनको अर्थ रहँदैन उनले भने, यो बारेमा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुखलाई त्यसबारे सबै प्रअहरुलाई जानकारी गराउन निर्देशन दिईएको उनले जानकारी दिए । ‘ग्राउण्ड वाटरमा समस्या नहोला, प्रजिअ केसीले भने, पहाडी क्षेत्रका बिद्यालयमा मुहानमा नै समस्या आउन सक्ने भएकोले पानीको बिषयमा सुरक्षा अपनाउन भनिएको छ ।’
पानीमा प्रअको टाउको दुखाई
मोरङ जिल्लामा ५ सय २३ सामुदायिक बिद्यालय रहेका छन भने झण्डै ३ सय ५० निजी बिद्यालय रहेको छ । यी विद्यालयहरुमा करिब १ लाख ४० हजार विद्यार्थी अध्ययन गर्छन । तर सबै बिद्यार्थीले पिउने पानीको बिषय अहिले सबैको चासोको बिषयको रुपमा आएको छ । सामान्य कुनै ब्यक्तिको गलत नियतका कारण ठुलो घटना हुनसक्ने अबस्थालाई मध्यनजर राख्दै मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईले ति बिद्यालयका प्रअहरुलाई पानीको सुरक्षामा ध्यान दिन सर्कुलेशन जारी गरेको छ । अहिलेसम्म पानीको सुरक्षामा चासो नदिएका बिद्यालयहरुलाई पानीको सुरक्षा संबेदनशिलता प्रति गम्भीर रहन भनिएको छ । श्री माबि जाँतेमा अपत्यारिलो र दुखद् घटना घटेको भन्दै चिन्ता ब्यक्त गर्दै समन्वय ईकाई प्रमुख राजकुमार थापाले सबै बिद्यालयहरुलाई पानीको अबस्थाको बारेमा जानकारी गराउन सर्कुलेशन गरि सकिएको बताए ।
शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख थापाका अनुसार, पानीको ट्याङ्की सुरक्षित र सफा राख्ने, खानेपानीको मुहान बेलाबेला सफा गर्ने, पानी जस्तो संवेदशिल बस्तु प्रयोग गर्न भन्दा पहिला पानीको अबस्था कस्तो हो भनी जानकारी लिने, रंग–गन्ध आएको हुनसक्ने भएकोले त्यस बारेमा तत्काल अन्यत्र जानकारी गराउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्