बच्चाको मृत्युपछि आफन्तको आरोप “गलत अौषधीले लियो ज्यान”

<span class='c1'>बच्चाको मृत्युपछि आफन्तको आरोप “गलत</span> <span class='c2'>अौषधीले लियो  ज्यान”</span>

विराटनगर, ३० साउन ।
सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ रामगंज बेलगछिया राजटोलमा बारुलाले टोकर उपचार गर्न आएका एक बालकको नोबेल अस्पताल बिराटनगरमा ज्यान गएको छ । मंगलवार साँझ बारुलाले टोकेपछि उपचारको लागि बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकोमा बारुलाको बिष निकाल्ने प्रबिधि नभएको भन्दै कोशीले अन्यत्र रेफर गरेको थियो । हिजो साँझै नोबेल अस्पताल पुगेका हजुरबुबा ७५ बर्षका रामदेव राय र डेढ बर्षका नाती रिशब रायको नोबेल अस्पतालमा उपचार भएको थियो । उपचारको क्रममा हजुबुवा र नातीलाई अस्पतालले एकै खालको औषधि प्रयोग गर्दा रिशवको ज्यान गएको मृतकका बुबा जितेन्द्र रायले आरोप लगाए ।
हिजो साँझ ५ बजे कोशी अस्पतालमा ल्याईएकोमा बारुलाले टेकेको बिष निकाल्ने प्रबिधि नभएपछि कोशीले रेफर गरेको थियो, बुबा रायले भने, बिरामी दुबैलाई एउटै खालको औषधि लगाउँदा छोराको मृत्यु भयो । ’
नोबेल अस्पतालले रेफर नोट भन्दै मरेको बच्चालाई पठाएको बाबु रायको आरोप छ। रेफर नोट भनेर लेखिदिएको तर त्यो बेलासम्म बच्चाको मृत्यु भईसकेको उनको भनाई छ । बच्चा अहिले कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । तर शवको पोष्ट मार्टमको लागि प्रक्रिया अगाडी समेत नबढाईएको उनको भनाई छ । मृतकमा आफन्त शवको पोष्ट मार्टमका लागि पहल गर्न जिल्ला प्रहरी, प्रशासन कार्यालयमा जाँदा समेत शवको पोष्ट मार्टम नभएपछि पीडित न्यायको लागि सामाजिक विकास मन्त्रालयमा पुगेका थिए ।
सामाजिक विकास मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई पोष्ट मार्टमको बिषयमा जानकारी लिँदा अस्पताल भित्रको बिषय पोष्टमार्टम नहुने प्रतिक्रिया दिएको सामाजिक विकास मन्त्रालय श्रोतले बताएको छ ।
कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेट रोशन पोखरेलले यो पोष्ट मार्टमको बिषय प्रहरीसँग जोडिएकोले केही भन्न नमिल्ने बताए । तर प्रहरीले भने यो बिषयमा पोष्ट मार्टम गनेै नसक्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले पोष्ट मार्टम पुलिस केशमा मात्र हुने बताए । उनले हस्पिटलमा मरेका मान्छेहरुको पोष्ट मार्टम हुनै नसक्ने दाबी गरे । शंकास्पद मृत्यु जस्तो, डुबेर, पोईजन खाएर, झुण्डिएर हुने मृत्युमा पोष्ट मार्टम हुने भएपनि अन्य अस्पतालमा भएको मृत्युको बिषय छानविन समिति बनाएर अगाडी बढ्न सकिने बताए । तर पोष्ट मार्टम भने गर्न नसकिने उनको भनाई छ । तर पीडितले भने मृत्यु भएको छोराको पोष्ट मार्टम गर्नुपर्ने माग राख्दै आज दिनभरी एक नम्बर प्रदश सामाजिक विकास मन्त्रालय घेराउमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्